
पोखरा स्पोर्ट्स । पोर्चुगिज लिजेण्ड क्रिस्टियानो रोनाल्डो अल नासरको टिममा फर्किएका छन् ।
रोनाल्डो शनिबार अल फातेहसँगको साउदी प्रो लिग खेलमा उत्रिन सक्ने बताइएको छ । जनवरी ट्रान्सफर विन्डोमा टिममा खेलाडी भित्र्याउने विषयमा अल नासरको मुख्य लगानीकर्ता कम्पनि पब्लिक इन्भेस्टमेन्ट फण्डसँग असमझदारी भएपछि रोनाल्डो पछिल्लो तीन खेलमा मैदान बाहिर रहेका थिए । अब रोनाल्डोले आफ्नो विरोधको अन्त्य गर्दै मैदानमा फर्किने तयारी गरेको बताइएको छ ।
रोनाल्डोले अल नासरका लागि पछिल्लो खेल जनवरी ३० मा अल खोलुदविरुद्ध खेलेका थिए, जसमा उनले एक गोल गरेका थिए । रोनाल्डो नखेलेका तिनै खेलमा अल नासरले जित हासिल गरेको थियो । रोनाल्डोले यस सिजनमा साउदी लिगमा १७ गोल गरेका छन् ।

