
पोखरा स्पोर्ट्स । नेपालले इटालीलाई १२४ रनको लक्ष्य दिएको छ ।
आइसीसी टी-२० विश्वकप अन्तर्गत समुह सी को खेलमा इटालीविरुद्ध टस हारेर पहिला ब्याटिंग गरेको नेपालले १९.३ ओभरमा अल आउट हुदै १२३ रन मात्र बनाएको हो ।
नेपालका लागि आरिफ सेखले २७, कप्तान रोहित पौडेलले २३ रन बनाएका थिए । त्यस्तै आसिफ सेखले २० र दिपेन्द्र सिंह ऐरीले १७ रन बनाएका थिए । त्यसैगरी करण केसीले अविजित १८ रन बनाएका थिए ।
त्यस्तै इटालीका बलर क्रिशान कालुगामाजले ३ र बेन मानेनटीले २ विकेट लिएका थिए । त्यस्तै जेजे स्मुटस, जसप्रित सिंह र अलि हसनले एक एक विकेट लिएका थिए ।
