इटालीले टस जित्यो, नेपालले पहिला ब्याटिंग गर्ने

पोखरा स्पोर्ट्स । आइसीसी टी-२० विश्वकप अन्तर्गत आज नेपालले इटालीको सामना गर्दैछ ।

मुम्बईको वानखेडे स्टेडियममा हुने समुह सी अन्तर्गतको यो खेलमा इटालीले टस जितेर पहिला फिल्डिङ गर्ने भएको छ । योसँगै नेपालले पहिला ब्याटिंग गर्ने भएको छ ।

दुवै टोलीले प्रतियोगिताको पहिलो खेलमा हार बेहोरेका कारण आजको खेल उनीहरूका लागि पहिलो जित दर्ता गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ ।

आजको खेलमा नेपालको प्लेइङ-११ मा रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, दीपेन्द्र सिंह ऐरी, लोकेश बम, आरिफ शेख, गुलशन झा, ललित राजबंशी, नन्दन यादव, करण केसी र सन्दीप लामिछाने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close