श्रीलंकाले ओमानलाई दियो २२६ रनको विशाल लक्ष्य

पोखरा स्पोर्ट्स । श्रीलंकाले ओमानलाई २२६ रनको विशाल लक्ष्य दिएको छ ।

जारी टी-२० विश्वकप अन्तर्गत आज पहिलो खेल टस हारेर पहिला ब्याटिंग गरेको श्रीलंकाले २० ओभरमा ५ विकेट गुमाउदै २२५ रन बनाएको हो । यो यस विश्वकपको अहिलेसम्मको सबै भन्दा धेरै टोटल हो । 

श्रीलंकाका लागि कुशल मेन्डिसले ६१, पवन राथानायकले ६० र कप्तान दसुन शानकाले ५० रन बनाएका थिए । त्यस्तै कामिन्दु मेन्डिसले ७ बलमा अविजित १९ रन  बनाएका थिए ।   

त्यसैगरी ओमानका बलर जितें रामानान्दीले २ विकेट लिए भने जय ओडेड्रा, सुफयान मेहमूदले एक एक विकेट लिएका थिए ।    

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close