अस्ट्रेलियाको टी-२० विश्वकपमा विजयी शुरुवात, आयरल्याण्ड ६७ रनले पराजित

पोखरा स्पोर्ट्स ।  अस्ट्रेलियाले जारी टी-२०  विश्वकपमा विजयी शुरुवात गरेको छ ।  बुधबार सम्पन्न यस विश्वकपको आफ्नो पहिलो खेलमा अस्ट्रेलियाले आयरल्याण्डलाई ६७ रनले पराजित गरेको हो । 

अस्ट्रेलियाले दिएको १८३ रनको लक्ष्य पछाएको आयरल्याण्डले १६.५ ओभरमा अल आउट हुदै ११५ रन मात्र बनाएको थियो ।    

आयरल्याण्डका लागि जर्ज डकवेलले सर्बाधिक ४१ रन बनाएका थिए ।  त्यस्तै अस्ट्रेलियाका बलर एडम जाम्पा र नाथन इलिसले ४-४ किकेट लिएका थिए ।  यसअघि समुह बीको यस खेलमा अस्ट्रेलियाले पहिला ब्याटिंग गर्दै २० ओभरमा ६ विकेट गुमाएर १८२ रन बनाएको थियो ।

अस्ट्रेलियाका लागि मार्कस स्टोइनिसले सर्बाधिक ४५ रन बनाए भने जोस इंगलिस र माट रेनशाले ३७-३७ रनको योगदान दिएका थिए । त्यस्तै क्यामरुन ग्रीनले २१ रन बनाएका थिए । त्यसैगरी आयरल्याण्डका बलर मार्क अडैरले २ विकेट लिएका थिए ।

यो अस्ट्रेलियाको पहिलो जित हो भने आयरल्याण्डको लगातार दोस्रो हर हो । अस्ट्रेलियाले अब अर्को खेल आगामी शुक्रबार जिम्बाबेसँग खेल्ने तालिका छ भने आयरल्याण्डले आगामी शनिबार ओमानसँग खेल्ने छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close