टी-२० विश्वकपमा आज तीन खेल हुदै, इङल्याण्ड र वेस्ट इण्डिज खेल्दै

पोखरा स्पोर्ट्स । जारी टी-२० विश्वकपमा आज तीन खेल हुदैछन ।आज पहिलो खेल समुह डी अन्तर्गत अफगानिस्तान र दक्षिण अफ्रिकाबीच हुदैछ । 

भारतको अहमदावादमा हुने यो खेल नेपाली समय अनुसार विहान ११: १५ बजेदेखि शुरु हुदैछ । अफगानिस्तानले पहिलो खेलमा न्यूजील्याण्डसँग हार बेहोरेको थियो भने दक्षिण अफ्रीकाले पहिलो खेलमा क्यानडालाई पराजित गरेको छ ।

त्यस्तै आज दोस्रो खेल समुह बी अन्तर्गत अस्ट्रेलिया र आयरल्याण्डबीच हुदैछ । श्रीलंकाको कोलम्बोमा हुने यो खेल नेपाली समय अनुसार दिउसो ३: १५ बजेदेखि शुरु हुदैछ ।

जारी विश्वकपमा अस्ट्रेलियाको यो पहिलो खेल हो भने आयरल्याण्डले पहिलो खेलमा श्रीलंकासँग हार बेहोरेको छ ।

त्यसैगरी आज तेस्रो खेल समुह सी अन्तर्गत इङल्याण्ड र वेस्ट इण्डिजबीच खेल हुदैछ ।

भारतको मुम्बईस्थित वानखेडेमा हुने यो खेल नेपाली समय अनुसार साँझ ७: १५ बजेदेखि शुरु हुदैछ ।

जारी विश्वकपमा इङल्याण्डले नेपाललाई पराजित गरेको छ भने वेस्ट इण्डिजले स्कटल्याण्डलाई पराजित गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close