टी–२० विश्वकपमा भारत र पाकिस्तानबीच खेल हुने, बंगलादेशलाई थप कारवाही नगर्ने आइसीसीको प्रतिबद्धता

पोखरा स्पोर्ट्स ।  पाकिस्तानले भारतसँग खेल बहिष्कार गर्ने निर्णय फिर्ता लिएको छ । दस दिनसम्म चलेको विवादपछि पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफले भारतविरुद्धको खेल खेल्न निर्देशन दिएका हुन् ।

यस अघि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी), पाकिस्तान क्रिकेट बोर्ड र बंगलादेश क्रिकेट बोर्डबीच पाकिस्तानको लाहोरमा छलफल भएको थियो ।

सो छलफलपछि गएराती आइसीसीले विश्वकपबाट बाहिरिएपनि बंगलादेशलाई थप कारवाही नगर्ने, आइसीसीका प्रतियोगिता बंगलादेशमा जारी नै राख्ने प्रतिबद्धता व्यक्त गरेको थियो । त्यसपछि जारी टी–२० विश्वकपअन्तर्गत भारत–पाकिस्तानबीचको खेल फेब्रुअरी १५ मा कोलम्बोमा हुने भएको हो ।

यसअघि आइसीसीले बंगलादेशले भारतमा खेल्न नमानेपछि विश्वकपबाट बाहिर गर्दै स्कटल्याण्डलाई अवसर दिएको थियो । आइसीसीको सो निर्णयपछि पाकिस्तानले बंगलादेशको समर्थन गर्दै भारतविरुद्धको खेल नखेल्ने निर्णय गरेको थियो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close