
पोखरा स्पोर्ट्स । अफगानिस्तानले न्यूजील्याण्डलाई १८३ रनको लक्ष्य दिएको छ ।
जारी आइसीसी टी-२० विश्वकप अन्तर्गत समुह डी को खेलमा टस जितेर पहिला ब्याटिंग गरेको अफगानिस्तानले २० ओभरमा ५ विकेट गुमाउदै १८२ रन बनाएको हो ।
अफगानिस्तानका लागि गुलबदीन नैबले सर्बाधिक ६३ रन बनाए भने सेदीकुल्लाह अटलले २९, रहमनुल्लाह गुर्बाजले २७ र दरविश रसौलीले २० रन बनाएका थिए ।
त्यसैगरी न्यूजील्याण्डका बलर लुकी फर्गुसनले २ विकेट लिए भने माट हेनरी, ज्याकब डफी र रचिन रविन्द्रले एक एक विकेट लिएका थिए ।
