पोखरामा २५औँ आहा रारा गोल्ड कप फुटबल, यस्तो छ खेल तालिका

पोखरा स्पोर्ट्स । नेपाली फुटबलको प्रतिष्ठित प्रतियोगिता २५औँ संस्करणको आहा रारा गोल्ड कप फुटबल प्रतियोगिता पोखरामा आयोजना हुने भएको छ। सहारा क्लब पोखराको आयोजनामा हुने यस प्रतियोगिता माघ २७ गतेदेखि फागुन ९ गतेसम्म सञ्चालन हुनेछ।

प्रतियोगितामा नेपालका ए–डिभिजनका चर्चित क्लबसँगै भारत, हङकङ र उज्बेकिस्तानका अन्तर्राष्ट्रिय क्लबहरूको समेत सहभागिता रहनेछ। प्रतियोगिताले पोखराको खेलकुद पर्यटन प्रवर्द्धनका साथै नेपाली फुटबलको स्तर अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ।

सहभागी टिमहरू
  1. सहारा क्लब पोखरा

  2. गोर्खा इन्टरनेशनल फुटबल क्लब, हङकङ

  3. ज्वालाखेल युथ क्लब

  4. मच्छिन्द्र फुटबल क्लब

  5. नेपाल एपीएफ क्लब

  6. मनाङ मर्स्याङ्दी क्लब

  7. फ्रेन्ड्स क्लब

  8. प्लानिङ ब्वाइज युनाइटेड

  9. नेपाल पुलिस क्लब

  10. चर्च ब्वाइज युनाइटेड

  11. थन्डरबोल्ट नर्थ युनाइटेड, भारत

  12. एभिए फुटबल क्लब, उज्बेकिस्तान

खेल तालिका
  • माघ २७ गते:
    सहारा क्लब पोखरा 🆚 गोर्खा इन्टरनेशनल फुटबल क्लब, हङकङ

  • माघ २८ गते:
    ज्वालाखेल युथ क्लब 🆚 मच्छिन्द्र फुटबल क्लब

  • माघ २९ गते:
    नेपाल एपीएफ क्लब 🆚 मनाङ मर्स्याङ्दी क्लब

  • फागुन १ गते:
    फ्रेन्ड्स क्लब 🆚 प्लानिङ ब्वाइज युनाइटेड

  • फागुन २ गते:
    नेपाल पुलिस क्लब 🆚 पहिलो प्रि–क्वार्टरफाइनल विजेता

  • फागुन ३ गते:
    चर्च ब्वाइज युनाइटेड 🆚 दोस्रो प्रि–क्वार्टरफाइनल विजेता

  • फागुन ४ गते:
    थन्डरबोल्ट नर्थ युनाइटेड, भारत 🆚 तेस्रो प्रि–क्वार्टरफाइनल विजेता

  • फागुन ५ गते:
    एभिए फुटबल क्लब, उज्बेकिस्तान 🆚 चौथो प्रि–क्वार्टरफाइनल विजेता

  • फागुन ६ गते:
    पहिलो क्वार्टरफाइनल विजेता 🆚 तेस्रो क्वार्टरफाइनल विजेता

  • फागुन ७ गते:
    दोस्रो क्वार्टरफाइनल विजेता 🆚 चौथो क्वार्टरफाइनल विजेता

  • फागुन ९ गते:
    फाइनल खेल:
    पहिलो सेमिफाइनल विजेता 🆚 दोस्रो सेमिफाइनल विजेता

आयोजकका अनुसार प्रतियोगिताले स्थानीय खेलाडीलाई अन्तर्राष्ट्रिय टिमसँग प्रतिस्पर्धा गर्ने अवसर प्रदान गर्नुका साथै पोखरालाई खेलकुद शहरका रूपमा थप चिनाउने विश्वास गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close