
पोखरा स्पोर्ट्स । गण्डकी प्रदेश फुटबल संघले पहिरोमा ज्यान गुमाएका बालबालिकाहरूको स्मृतिमा गण्डकी प्रदेश स्तरीय यू–१४ छात्रा तथा छात्र फुटबल प्रतियोगिता २०२६ आयोजना गर्ने भएको छ।
प्रतियोगिता पोखरास्थित लामाचौर गोश्ते घाट खेल मैदानमा यही माघ २६ देखी २८ गते सम्म सञ्चालन हुने संघले जनाएको हो ।
गण्डकी प्रदेश फुटबल संघका महासचिव विनोद गुरुङका अनुसार, उक्त प्रतियोगिता दिवंगत अनुपम घलान, आदित्य बलम्पाखी, दिवस बनिया, प्रियन्स आचार्य, विकल रेग्मी र सिमोन योंजनको सम्झनामा आयोजना गर्न लागिएको हो । उनीहरु पहिरोका कारण असामयिक रूपमा ज्यान गुमाउन पुगेका थिए । उनिहरू एन्फ़ा एकेडेमीमा अध्यनरत थिए ।गण्डकी फ़ुटबल संघले उनिहरुको स्मृतीमा पहिलो पटक यो प्रतियोगिताको आयोजना गरेको हो ।
महासचिव गुरुङले यस प्रतियोगितामार्फत पीडित परिवारप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै प्रदेशस्तरमा छात्र/छात्रा फुटबल को विकास र प्रतिभा पहिचानमा योगदान पुर्याउने उद्देश्य रहेको बताए।
छात्रातर्फ सहभागी विद्यालयहरू
-
श्री त्रिभुवन शान्ति माध्यमिक विद्यालय, कास्की
-
अमर भू.पू. सैनिक इङ्लिस स्कुल, तनहुँ
-
आदर्श विद्या मन्दिर माध्यमिक विद्यालय, बागलुङ
-
श्री जनकल्याण माध्यमिक विद्यालय, नवलपुर
-
श्री फलैनी मावि, लमजुङ
-
लक्ष्मी कम्युनिटी एजुकेसन एकेडेमी, गोरखा
-
श्री गौरी शंकर माध्यमिक विद्यालय, मनाङ
छात्रतर्फ सहभागी विद्यालयहरू
-
श्री शिशु कल्याण माध्यमिक विद्यालय, कास्की
-
चिल्ड्रेन लाइफ इङ्लिस बोर्डिङ स्कुल, बागलुङ
-
रानी पानी ग्रिन भ्याली एकेडेमी, लमजुङ
-
द ओल्ड क्यापिटल माध्यमिक विद्यालय, गोरखा
-
भानुदय माध्यमिक विद्यालय, नवलपुर
-
राम शाह माध्यमिक विद्यालय, तनहुँ
-
श्री प्रकाश ज्योति माध्यमिक विद्यालय, मनाङ
महासचिव गुरुङका अनुसार प्रतियोगितामा गण्डकी प्रदेशका विभिन्न जिल्लाका विद्यालयस्तरीय खेलाडीहरूले सहभागिता जनाउनेछन् । आयोजकले आवश्यकता अनुसार खेल तालिकामा परिवर्तन हुन सक्ने जानकारी पनि दिएको छ।

Dai hamro scl ma ne xain ramra ramra khaladi haru under 14 ko hami lai ne khalaunw lai hamro school Rishing 1 Jhaputar,Tanahun ma parxa. Hamro school lai ne khalaunu nw dai hamro sir haru lai vandinnu nw dai.