एल्चेमाथि बार्सिलोनाको सहज जित

पोखरा स्पोर्ट्स ।  स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले एल्चेमाथि सहज जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा बार्सिलोनाले एल्चेलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।

बार्सिलोनाको जित,मा लामिन यमल, फेरान टोरेज र मार्कस राशफोर्डले एक एक गोल गरेका थिए । त्यस्तै एल्चेका लागि एक गोल अल्भारो रोड्रीगेजले गरेका थिए ।

यो जितपछि बार्सिलोनाको २२ खेलमा ५५ अंक भएको छ र लिगको शिर्ष स्थानमा कायम रहेको छ । त्यस्तै दोस्रो स्थानमा रहेको रियल म्याड्रिडको २१ खेलमा ५१ अंक रहेको छ ।

त्यसैगरी एल्चेको२२ खेलमा २४ अंक रहेको छ र लिगमा १२औं स्थानमा रहेको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close