सोसियडाडलाई हराउदै बार्सिलोना शिर्ष स्थानमा उक्लियो

पोखरा स्पोर्ट्स । स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले रियल सोसियडाडलाई पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा बार्सिलोनाले कमब्याक जित हासिल गर्दै रियल सोसियडाडलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

बार्सिलोनाको जितमा जुलेज कुण्डे र रोबेर्ट लेवानडोस्कीले एक एक गोल गरेका थिए । त्यस्तै रियल सोसियडाडका लागि एक गोल अल्भारो ओड्रीओजोलाले गरेका थिए ।

यो जितपछि बार्सिलोना ला लिगाको शिर्ष स्थानमा उक्लिएको छ । बार्सिलोनाको ७ खेलमा १९ अंक भएको छ । त्यस्तै दोस्रो स्थानमा रहेको रियल म्याड्रिडको ७ खेलमा १८ अंक रहेको छ ।

त्यस्तै रियल सोसियडाडको भने यस सिजनमा यो चौथो हार हो । ७ खेलमा ५ अंक रहेको सोसियडाड १७औं स्थानमा झरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close