कास्की तेक्वान्दो संघको अध्यक्षमा पुनः कुमार गुरूङ, संस्थापक अध्यक्ष जगन गुरूङ सम्मानित

पोखरा स्पोर्ट्स । कास्की जिल्ला तेक्वान्दो संघको अध्यक्षमा पुनः कुमार गुरूङ अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् । संघको शुक्रबार पोखरामा सम्पन्न १६औं साधारण सभा तथा छैटौं अधिवेशनले उनलाई अध्यक्षमा निर्वाचित गरेको हो । यसै गरी संघको उपाध्यक्षमा कुलचन्द्र शर्मा, कोषाध्यक्षमा मनोज अर्मजा पुन निर्वाचित भएका छन् ।

संघको आगामी चार वर्षे कार्यकालका लागि कार्यसमिति सदस्यमा बोधराज गिरी, त्रिभुवन बानियाँ गुप्ता, जय बहादर राना, निशान कार्की र अरुण माझी निर्वाचित भएका छन् भने रेखमाया गुरूङ र लक्ष्मी गुरूङलाई कार्यसमिति सदस्यमा मनोनयन गरेको छ ।

यस अघि सम्पन्न साधारण सभाको उद्घाटन जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष मिलन गुरूङले गरेका थिए । सो अवसरमा बोल्दै अध्यक्ष गुरूङले जिल्ला खेलकुदलाई नमुना खेलकुद समितिको रुपमा रुपान्तरण गर्न आफ्नो समितिको प्रयास रहेको बताउँदै पोखरा रंगशालाको संरक्षण अभियानमा सहयोगका लागि आग्रह गरे ।

सो अवसरमा कास्की जिल्ला तेक्वान्दो संघका संस्थापक अध्यक्ष एवं गण्डकी प्रदेश तेक्वान्दो संघका अध्यक्ष जगन बहादुर गुरूङलाई उनले कास्कीको तेक्वान्दो खेलको विकासमा निरन्तर योगदानका लागि सम्मान गरिएको थियो ।

सम्मानित व्यक्तित्व गुरूङले तेक्वान्दो खेलको विकासका लागि सबैको सहयोगका कारणले नै कोशेढुङ्गा पार गरेको उल्लेख गर्दै सबैले खेलकुदको अनुशासन पालन गरेमा संघको नेतृत्वको छवि उच्च रहने बताए । उनले पोखरा रंगशालामा निर्माणाधिन रहेको तेक्वान्दो हलको निर्माण सम्पन्न गर्न सबैको साथ र सहयोग आवश्यक रहेको औंल्याए ।

कार्यक्रमा आफ्ना भनाई राख्दै नेपाल तेक्वान्दो संघका केन्द्रिय सदस्य मदन केसीले विवादरहित संस्थाले मात्रै आफ्नो लक्ष्य प्राप्ती गर्ने जनाउँदै सबैको सहयोग र सहकार्य रहेमा संघले गतिलिने विश्वास व्यक्त गरे ।

सम्पन्न कार्यक्रममा संघका निवर्तमान सचिव दिपेन्द्र पहारीले संघको वार्षिक प्रतिवेदन तथा निवर्तमान कोषाध्यक्ष किरण गौतमले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा नेपाल तेक्वान्दो संघका उपाध्यक्ष हरिश्वर पोखरेल, ओलम्पियन नारायण गुरूङलगायत विशिष्ट व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close