नेपाल र वेस्ट इन्डिजबीच हुने युनिटी कपको कमेन्ट्री इयान बिशोपले गर्ने

पोखरा स्पोर्ट्स ।  नेपाल र वेस्ट इन्डिजबीचको युनिटी कप टी-२० सिरिजमा वेस्ट इन्डिजका पुर्व क्रिकेटर इयान बिशोपले कमेन्ट्री गर्ने भएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान) ले बिशोपले यस सिरिजमा कमेन्ट्री गर्ने जानकारी दिएको छ ।   

उनले नेपाली क्रिकेट र क्रिकेट फ्यानको प्रसंशा गर्दै आफु यस सिरिजको कमेन्ट्री गर्न पाउदा आफु उत्साहित रहेको बताएका छन् ।  

नेपाल र वेस्ट इन्डिजबीच सेप्टेम्बर २७, २९ र ३० मा युएईको शारजाह क्रिकेट स्टेडियममा टी-२० सिरिज हुदैछ ।

क्यानले यस सिरिजका लागि रोहित पौडेलको कप्तानीमा १६ सदस्यीय टिमको घोषणा गरेको छ ।

नेपाली टिममा रोहित कुमार पौडेल (कप्तान), दीपेन्द्र सिंह ऎरि (उपकप्तान), कुशल मल्ल, आसिफ सेख, कुशल भुर्तेल, आदील आलम, लोकेस बम, करण केसी, नन्दन यादव, ललित नारायण राजवंशी, सन्दीप लामिछाने, गुलशन झा, सन्दीप जोरा, आरिफ सेख, सोमपाल कामी र साहब आलम रहेका छन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close