नेपालमा विश्व स्काइ रनिङ च्याम्पियनसिप आयोजना गर्न कुँवरको प्रस्ताव

पोखरा स्पोर्ट्स । नेपाल एडभेन्चर रनिङ फेडरेसनका अध्यक्ष एकेन्द्रबहादुर कुँवरले सन् २०२६ को विश्व स्काइ रनिङ च्याम्पियनसिप नेपालमा आयोजना गर्न प्रस्ताव गरेका छन् ।

उक्त प्रस्ताव उनले अगस्ट २ मा इटालीमा सम्पन्न अन्तर्राष्ट्रिय स्काइ रनिङ महासंघ (आईएसएफ) को वार्षिक साधारण सभामा राखेका थिए । राष्ट्रिय खेलकुद परिषद्का पूर्व कार्यकारी सदस्य समेत रहेका कुँवरका अनुसार आईएसएफको आगामी बैठकमा नेपाललाई जिम्मेवारी दिनेबारे निर्णय हुने छ ।

‘‘हामीले नेपालमा विश्व स्काइ रनिङ च्याम्पियनसिप आयोजना गर्ने प्रस्ताव प्रस्तुत गरेका छौं,’ अध्यक्ष कुँवरले भने, ‘आईएसएफका पदाधिकारीहरु हाम्रो प्रस्तावप्रति सकारात्मक हुनुहुन्छ । नेपालले यसअघि सञ्चालन गरेका कार्यक्रम, हाम्रो सक्रियता र अन्तर्राष्ट्रिय सहभागिता हेर्दा नेपाललाई जिम्मेवारी प्राप्त हुनेमा म आशावादी छु।’

आईएसएफको अर्को बैठकमा औपचारिक निर्णय गरिने उनले जानकारी दिएका छन् । यदि प्रस्ताव पारित भयो भने नेपालले पहिलोपटक विश्व स्काइ रनिङ च्याम्पियनसिप आयोजना गर्ने अवसर पाउनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close