‘टप अफ दि वर्ल्ड क्लासिक गल्फ प्रतियोगिता’को तयारी सुरू, सहभागिताका लागि आह्वान

पोखरा स्पोर्ट्स । मुस्ताङको लोमान्थाङमा ‘टप अफ दि वर्ल्ड क्लासिक गल्फ प्रतियोगिता’को तयारी सुरू भए संगै सहभागिताका लागि आह्वान गरिएको छ ।

विश्वकै सर्वाधिक उचाइमा रहेको गल्फ कोर्समा आयोजना हुने ‘टप अफ द वर्ल्ड गोल्फ क्लासिक’को आयोजक मुस्ताङ गल्फ कोर्सले एक सूचना प्रकाशित गर्दै चौथो संस्करणको तयारी सुरू गर्दै यही सेप्टेम्बर १३ र १४ गते हुने प्रतियोगितामा सहभागिता हुन आह्वान गरेको हो । 

संस्थाका प्रवन्ध निर्देशक इन्द्र धारा विष्टले १५,२३९ फिट (करिव ४७०० मिटर) को उचाइमा अवस्थित लोमान्थाङ गाउँपालिका वडा नं ५ लोवाथाङ मुस्ताङ गल्फ कोर्समा सञ्चालन हुँदै आएको यो वर्षको प्रतियोगिता अत्यन्तै रोचक र रोमाञ्चक हुने अपेक्षा गरेको जनाएका छन् ।

प्रतियोगितामा सहभागिताका लागि आयोजकले गोकर्ण फरेस्ट रिसोर्ट, रोयल नेपाल गोल्फ क्लब, हिमालयन गोल्फ कोर्स, धरान गोल्फ क्लब, मिराया वेलनेस तथा गोल्फ रिसोर्ट र त्रिभुवन अफिसर्स आर्मी गोल्फ क्लबलाई विशेष रूपमा निमन्त्रणा पठाएको गण्डकी प्रदेशका पूर्व सांसद समेत रहेका विष्टले बताए । त्यस्तै अन्य इच्छुक क्लब र खेलप्रेमीहरूलाई पनि सहभागी हुन आग्रह गरिएको छ ।

मुस्ताङको हिमाली सौन्दर्यको बीचमा आयोजना हुने यो दुईदिने प्रतियोगिता खेलाडीहरूका लागि अविस्मरणीय अनुभव बन्ने आयोजकको विश्वास छ । व्यापक सहभागिता सुनिश्चित गर्न आयोजना यस वर्ष प्रतियो्गितालाई अझै फराकिलो र व्यपकता दिइएको प्रवन्ध निर्देशक विष्टले बताए ।

करिव ४ किमि क्षेत्रफलमा फैलिएको मुस्ताङ लोवान्थाङ गल्फ कोर्स ९ होल ह्याण्डिक्याप स्टेबल फोर्ड ढाँचामा खेलाइदै आएको छ । फायल तस्विर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close