इङल्याण्डविरुद्धको पाँचौ टेस्टको पहिलो इनिंगमा भारत २२४ रनमा अल आउट

पोखरा स्पोर्ट्स ।  भारत इङल्याण्डविरुद्धको पाँचौ टेस्टको पहिलो इनिंगमा २२४ रनमा अल आउट भएको छ  ।

टस हारेर पहिला ब्याटिंग गरेको भारतले पहिलो इनिंगमा २२४ रन बनाएर अल आउट भएको हो । भारतका लागि करुण नायरले सर्बाधिक ५७ रन बनाएका थिए ।

त्यस्तै साइ सुदर्शनले ३८, वाशिंटन सुन्दरले २६, शुभमन गिलले २१, ध्रुव जुरेलले १९ रन र केएल राहुलले १४ रन बनाएका थिए ।

त्यसैगरी इङल्याण्डका बलर गुस अटकिन्सनले सर्बाधिक ५ विकेट लिए भने जोश टंगले ३ विकेट तथा क्रिस वोक्सले एक विकेट लिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close