गीताको गोलमा नेपालको श्रीलंकाविरुद्ध शुरुवाती अग्रता

पोखरा स्पोर्टस ।  नेपालले श्रीलंकाविरुद्ध शुरुवाती अग्रता लिएको छ । 

उज्बेकिस्तानको तासकेन्तस्थित बुनयोदकोर स्टेडियममा जारी एएफसी महिला एसियन कप छनोट अन्तर्गतको खेलमा नेपालले श्रीलंकाविरुद्ध १-० को अग्रता लिएको हो ।

नेपालका लागि गीता राणाले हेडमार्फत सुन्दरगोल गर्दै नेपाललाई खेलको छैटौं मिनेटमा अग्रता दिलाएकी हुन् । 

फिफा वरियतामा श्रीलंका नेपालभन्दा धेरै पछाडीको टिम हो । नेपाल हाल फिफाको महिला वरियताको सयौं स्थानमा छ भने श्रीलंका १५९औं स्थानमा रहेको छ ।

यस छनौट प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेलमा लाओसविरुद्ध ९-० गोल अन्तरको जित हासिल गरेर शानदार शुरुवात गरेको छ । त्यस्तै श्रीलंकाले भने आफ्नो पहिलो खेल उज्बेक्स्तानसँग १०-० ले हारेको थियो ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close