गण्डकी प्रदेशस्तरीय स्क्वास प्रतियोगिता पोखरामा सुरू

पोखरा स्पोर्टस । गण्डकी प्रदेशस्तरीय स्क्वास महिला तथा पुरूष प्रतियोगिता पोखरामा सोमबारबाट सुरू भएको छ ।

पोखरा रंगशालास्थित स्क्वास र्‍याकेट हलमा सुरू भएको प्रतियोगितामा विभिन्न ५ जिल्लाका २० जना खेलाडीहरुको सहभागिता रहेको छ ।

प्रदेश खेलकुद परिषद गण्डकीको प्रवर्द्धनमा तथा गण्डकी प्रदेश स्क्वास तथा ¥याकेट संघको आयोजनामा सुरू भएको प्रतियोगिताको उद्घाटन प्रदेश खेलकुद परिषद गण्डकीका उपाध्यक्ष धोज कुमार गुरूङले गरे ।

सो अवसरमा बोल्दै उपाध्यक्ष गुरूङले दशौं राष्ट्रिय खेलकुद समयमा नहुँदाको अवस्थालाई मध्यनजर गर्दै खेलाडीहरुको निराशालाई चिर्न परिषदले यस प्रदेश तथा राष्ट्रियस्तरका प्रतियोगिताहरु आयोजना गर्न खेल संघहरुलाई परिचालन गरेको बताए । यस प्रकारका प्रतियोगिताले खेलाडीहरुमा उत्साह हुने मात्रै नभई प्रदेशको खेलकुद विकासका लागि समेत उत्तिकै महत्व राख्ने उल्लेख गरे ।

गण्डकी प्रदेश स्क्वास र्‍याकेट संघकाअध्यक्ष अशोक कुमार रञ्जितको अध्यक्षतामा भएको कार्यक्रममा प्रतियोगिता प्राविधिक समितिका संयोजक एवं कास्की जिल्ला स्क्वास र्‍याकेट संघका अध्यक्ष प्रविन पालिखे, प्रतियोगिताका संयोजक प्रकाश केसी, संघका महासचिव कमल बस्नेतलगायतले आफ्ना भनाई राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close