
पोखरा स्पोर्टस । जर्मनी क्लब बोरुसिया डोर्टमण्डले दक्षिण अफ्रिकी क्लब मामेलोडी सनडाउन्स एफसीमाथि रोमाञ्चक जित हासिल गरेको छ ।
गएराती सम्पन्न खेलमा डोर्टमण्डले ४-३ गोल अन्तरले जित हासिल गरेको हो ।
डोर्टमण्डको जितमा फेलिक्स मेका, सेरहोउ गुइरासी र जोब बेलिङघमले एक एक गोल गरेका थिए भने एक गोल मामेलोडी सनडाउन्सका खुलिसो मुडाउले आत्मघाती गोल गरेका थिए ।
त्यस्तै मामेलोडी सनडाउन्सका लागि लुकास रिबेरियो कोस्टा, इकराम रेयनर्स र लेबो मोथिबाले एक एक गोल गरेका थिए ।
यो जितपछि डोर्टमण्डको २ खेलमा ४ अंक रहेको छ र समुह एफमा दोस्रो स्थानमा छ भने मामेलोडी सनडाउन्स २ खेलमा ३ अंकसहित समुहमा तेस्रो स्थानमा रहेको छ ।
