विपिनको कप्तानीमा १४ सदस्यीय इस्ट जोन प्रतियोगिता खेल्ने यू-१६ टिम

पोखरा स्पोर्टस ।  नेपाल क्रिकेट संघ (क्यान) ले एसीसी यू-१६ इस्ट जोन प्रतियोगिता खेल्ने नेपाली टिमको घोषणा गरेको छ । क्यानले विपिन प्रसाद शर्माको कप्तानीमा १४ सदस्यीय यू-१६ टिमको घोषणा गरेको हो ।

नेपाली टिममा विपिन प्रसाद शर्मा (कप्तान), सुर्यान्शु कोइराला (उपकप्तान), शिवांश बजगाई (विकेट किपर), परिमार्जन यादव (विकेटकिपर), रौनक श्रीवास्तव, अभय यादव, सचिन भट्ट, सुगम बुढाथोकी, सुयोग भट्टराई, सुशील रावल, शुभम खनाल, प्रसिद्ध जैसी, जोय थापा र रोशन शाही रहेका छन् ।

२२ जुन देखि जुलाई ५ सम्म हुने एसिसिस यू-१६ इष्ट जोन प्रतियोगिता एकदिवसीय फर्म्याटमा मलेसियामा हुदैछ ।

नेपालले महिलो खेल २२ जुनमा सिंगापुरविरुद्ध खेल्दैछ भने दोस्रो खेल जुन २४ मा जापानविरुद्ध, जुन २९ मा इन्डोनेसियाविरुद्ध र जुलाई १ मा भुटानविरुद्ध खेल्ने तालिका रहेको छ ।

यस प्रतियोगितामा नेपालसहित सिंगापुर, जापान, इन्डोनेसिया, भुटान, हङकङ चाइना, मलेसिया, थाइल्याण्ड, म्यान्मार र माल्दिभ्सका यू-१६ टिम खेल्दैछन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close