म्यानचेस्टर सिटीको फिफा क्लब विश्वकपमा विजयी शुरुवात

पोखरा स्पोर्टस ।  म्यानचेस्टर सिटीले जारी फिफा क्लब विश्वकपमा विजयी शुरुवात गरेको छ ।

गएराती सम्पन्न समुह जी अन्तर्गतको खेलमा म्यानचेस्टर सिटीले मोरक्कोको क्लब वीडाड एसीलाई २-० गोल अन्तरले पराजित गरेको हो ।

म्यानचेस्टर सिटीको जितमा फिल फोडेन  र जेरेमी डोकुले एक एक गोल गरेका थिए । खेलको दोस्रो मिनेटमा नै फोडेनले गोल गरेर सिटीलाई शुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि खेलको ४२औ मिनेटमा डोकुले गोल गर्दै सिटीको अग्रता दोब्बर पारेका थिए ।

यस खेलमा खेलको ८८औ मिनेटमा रिको लेविसले रातो कार्ड पाएपछि म्यानचेस्टर सिटी १० खेलाडीमा सिमित भएको थियो ।

यो जितपछि म्यानचेस्टर सिटीको समुह जी मा ३ अंक भएको छ । अब सिटीले अर्को खेल जुन २३ मा अल ऐनविरुद्ध र जुन २७ मा युभेन्टसविरुद्ध खेल्ने तालिका रहेको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close