त्रिकोणात्मक टी–२० सिरिजका लागि नेपाली क्रिकेट टिमको घोषणा

पोखरा स्पोर्टस । नेपालले स्कटल्याण्ड र नेदरल्याण्डससँग हुने त्रिकोणात्मक टी–२० सिरिजका लागि टिमको घोषणा गरेको छ ।

सो सिरिजमा खेल्ने नेपाली टिममा रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान) कुशल भुर्तेल, आसिफ शेख (विकेट किपर), अनिल शाह, भीम सार्की, आरिफ शेख, बसिर अहमद, नन्दन यादव, रिजन ढकाल, ललित राजवंशी, सन्दीप लामिछाने, करण केसी, किरणकुमार ठगुन्ना, रुपेश सिंह र लोकेश बम रहेका छन् ।

नेपाली टिममा इन्जुरीका कारण सोमपाल कामी र गुलशन झा बाहिर रहेका छन् । दुवै जना यसअघि खेलिएको लिग–२ को खेलको अभ्यासको क्रममा घाइते भएका थिए ।

यो त्रिकोणात्मक टी–२० सिरिज आइतबारदेखि २० जुनसम्म हुदैछ ।

सिरिजको पहिलो खेलमा आइतबार स्कटल्याण्ड र नेदरल्याण्डस खेल्दै छन् भने सोमबार नेपाल र नेदरल्याण्डस, त्यस्तै मंगलबार नेपाल र स्कटल्याण्ड, बुधबार स्कटल्याण्ड र नेदरल्याण्डस, विहिबार नेपाल र नेदरल्याण्डस तथा शुक्रबार नेपाल र स्कटल्याण्ड खेल्ने तालिका रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close