
पोखरा स्पोर्टस । नेपाली महिला राष्ट्रिय फुटबल टिम फिफा महिला वरियतामा एक स्थान तल झरेको छ ।
फुटबलको सर्वोच्च निकाय फिफाले सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल एक स्थान तल झरेर १००औं स्थानमा पुगेको हो । नेपाल यसअघि ९९औं स्थानमा रहेको थियो ।
दक्षिण एशियामा भारत ७०औं स्थानमा छ । नेपाली महिला फुटबल टिमले हालै थाइल्याण्डसँग खेलेको २ मैत्रीपूर्ण खेलमा पराजित भएको थियो ।
फिफा वरियतामा शीर्ष स्थानमा अमेरिकी रहेको छ भने दोस्रो स्थानमा स्पेन, तेस्रो स्थानमा जर्मनी र ब्राजिलले चार स्थान सुधार गर्दै चौथो स्थानमा उक्लिएको छ ।
