अस्ट्रेलिया फिफा विश्वकपमा छनौट

पोखरा स्पोर्टस । अस्ट्रेलिया फिफा विश्वकप २०२६ का लागि छनौट भएको छ । अस्ट्रेलियाले साउदी अरेबियाविरुद्ध २–१ गोल अन्तरको जित निकाल्दै विश्वकपमा आफ्नो स्थान सुरक्षित गरेको हो ।

अस्ट्रेलियाको जितमा कोन्नोर मेटकाल्फी र मिच डुकले एक एक गोल गरेका थिए । त्यस्तै साउदी अरबका लागि एक गोल अब्दुलराहमान अलोबडले एक गोल गरेका थिए ।

एशियाको विश्वकप छनौटको समुह सी मा रहेको अस्ट्रेलिया दोस्रो हुदै विश्वकपमा छनौट भएको हो । अस्ट्रेलियाको समुह सी मा १० खेलमा १९ अंक रहेको छ । त्यस्तै यस समुहमा जापान शिर्ष स्थानमा रहदै विश्वकपमा छनौट भइसकेको छ ।

एशियाबाट अहिलेसम्म अस्ट्रेलियासहित जापान, इरान, उज्बेकिस्तान, दक्षिण कोरिया र जोर्डन विश्वकपमा छनौट भइसकेका छन् ।

एशिया छनौटका तीन समुहका तेस्रो र चौथो स्थानमा रहेका देश अर्को चरणमा खेल्ने छन् ।

६ देशलाई २ समुहमा बिभाजन गरेर खेल्ने छन् र दुई समुहका शिर्ष स्थानमा रहने देश सिधै विश्वकपमा छनौट हुने छन् । समुहका उपविजेता अर्को चरणमा खेल्ने अवसर पाउने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close