अल्भारेजको गोलमा चिलीमाथि अर्जेन्टिनाको जित

पोखरा स्पोर्टस । अर्जेन्टिनाले विश्वकप छनौट अन्तर्गतको खेलमा चिलीलाई पराजित गरेको छ । शुक्रबार बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले चिलीलाई १–० गोल अन्तरले पराजित गरेको हो ।

अर्जेन्टिनाको जितमा खेलको १६औं मिनेटमा जुलियन अल्भारेजले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।

यो जितपछि अर्जेन्टिनाको १५ खेलमा ३४ अंक भएको छ र अर्जेन्टिना यसअघि नै दक्षिण अमेरिकी क्षेत्रबाट विश्वकपमा छनौट भइसकेको छ ।

त्यस्तै चिलीको भने १५ खेलमा १० अंक रहेको छ र अंक तालिकामा पुछारमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close