
पोखरा स्पोर्टस । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चलाई मंगलबार सम्मान गरेका छन् ।
अन्नपूर्ण हिमाल आरोहणको ७५ वर्ष पुगेको अवसरमा उत्तरतर्फ बेस क्याम्पबाट पहिलो पटक सुरू गरिएको अन्नपूर्ण म्याराथनको पहिलो संस्करणमा रुट मापनमा प्राविधिक सहयोग गरेको भन्दै अन्नपूर्ण गाउँ पालिकाले प्रदान गरेको सम्मान पत्र प्रम ओलीले मञ्चका अध्यक्ष दिल बहादुर गुरूङलाई हस्तान्तरण गरेका हुन् । सो अवसरका प्रम ओलीले पहिलो अन्नपूर्ण हिमाल आरोही मौरिस हर्जोगको नाउँमा म्याराथन दौड लगायतका कार्यक्रमहरु आयोवजना हुनु सुखद रहेको बताउँदै यसले नेपाली पर्यटन क्षेत्रको विकास तथा विस्तारमा समेत सहयोग पुग्ने उल्लेख गरे ।
अन्नपूर्ण गाउँपालिकाले म्याग्दीस्थित नारच्याङमा आयोजना गरेको एक भव्य कार्यक्रममा उपस्थित रहेका प्रधानमन्त्री ओली, फ्रान्सेली राजदुत, पहिलो अन्नपूर्ण हिमाल आरोही मौरीस हर्जोगका नातीसहित विभिन्न कुटनितिक प्रमुखहरु संगै नेपाल सरकारका पर्यटन मन्त्री बद्रीप्रसाद पाण्डेले अन्नपूर्ण हिमाल आरोहणको हिरक महोत्सवलाई प्राथमिकतामा राखेको नेपाल भूतपूर्व खेलाडी मञ्चका पूर्व अध्यक्ष तेज बहादुर गुरूङले जानकारी दिए ।
उनले भने–“प्रम ज्यूले म्याराथनलाई निकै चासो दिनु भयो । हामीले उहाँ संग साक्षात्कार गर्ने अवसर समेत प्राप्त गरेका थियौं । प्रम ज्यू म्याराथनको आयोजनाले पनि पर्यटन क्षेत्रको विकास एवं विस्तारमा भूमिका खेल्ने विषयमा जोड दिनु भएको छ । जुन हामी जस्ता खेलकर्मीका लागि महत्वपूर्ण विषय हो ।”
