तेक्वान्दोकी ‘रेखमाया’ गण्डकी प्रदेशस्तरीय प्रतियोगिताको तयारीमा

पोखरा स्पोर्टस । रोखमाया गुरूङ तेक्वान्दोमा आफ्नो साढे दुई दशक योगदान छ । अब्सुल्युट डोजाङकी सञ्चालिका उनी निरन्तर तेक्वान्दोको विका, विस्तार र प्रवद्र्धनमा व्यस्त छिन् ।  पोखरा स्पोर्टस संगको कुराकानीमा रेखमाया भन्छिन–“जतिसुकै खेलाडी उत्पादन गरौं । डोजाङको संख्या बढाउँ । तर अन्तिम भनेकै राष्ट्रिय प्रतियोगितामा पदक जित्नु नै हो । जुन कुरामा गण्डकी चुकेको छ ।” उनी राष्ट्रिय प्रतियोगितामा पदक जित्नु अन्तिम अस्त्र खेलाडीका लागि तयारी प्रतियोगिताहरु रहेको विषयमा उनी जोड दिन्छिन् ।

“खेलाडीलाई प्रशिक्षण मात्रै होइन । धेरै भन्दा धेरै प्रतियोगितामा सहभागिता गराएर उनीहरुको आन्तरिक क्षमता बढाउनु नै हो”, प्रशिक्षक रेखमाया भन्छिन्–“त्यसै पनि मैले अव्सुल्युट डोजाङबाट हरेक महिना काठमाण्डौमा हुने प्रतियोगितामा सहभागिता गराउँदै आएकी छु । त्यसैले पनि मेरो डोजाङका खेलाडीहरुले अहिले विभिन्न राष्ट्रियस्तरका प्रतियोगितामा पदक जितेका छन् ।”

अन्तर्राष्ट्रिय तेक्वान्दो रेफ्रि समेत रहेकी रेखमायाँ निकै मेहनती प्रशिक्षक मध्येकी एक हुन् । उनको त्यो योगदान र समर्पण भावकै कारण स्वदेशी तथा विदेशी दाताहरुको सहयोगमा अब्सुल्युट डोजाङ सञ्चालनमा ल्याएकी हुन् । अब उनी त्यतीमा मात्रै सिमित हुने छैनन । उनले पोखरामा यहि जेठको १५ र १६ गते प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिताको तयारीमा जुटेकी छन् ।

कास्की तेक्वान्दो संघकी कार्यसमिति सदस्य समेत रहेकी रेखामाया बिहिबार पोखरा रंगशालामा प्रतियोगिताको तयारीमा जुट्दै थिइन् । उनको प्रतियोगिताको नाम हो ‘फष्र्ट मायाज प्रोभिन्स लेभल तेक्वान्दो च्याम्पियनसिप’ । प्रतियोगिता भन्ने वित्तिकै स्रोत व्यवस्थापन मुख्य चुनौती हो । तर यसका लागि उनले सबै संग सहकार्य संग आग्रह गरेकी छन् । उनले भनिन्–“सबैको सहयोगले यहाँ सम्म आएकी छु । यो प्रतियोगिता पनि सबैको साथ र सहयोगले सम्पन्न गर्नेमा विश्वस्त छु ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close