टेनिस संघको तदर्थ समितिको संयोजकमा ‘मनोहरदास’

पोखरा स्पोर्टस । मनोहरदास मुलको संयोजकत्वमा २३ सदस्यीय नेपाल टेनिस संघ, तदर्थ समिति गठन गरिएको छ ।

उनी यस अघि अघिल्लो कार्यसमितिमा महासचिव थिए । राखेपले उनको संयोजकत्वमा २२ सदस्यिय तदर्थ समिति गठनको घोषणा गरेको छ ।

लामो अवधि सम्म पनि संघको साधारण सभा तथा निर्वाचन गर्न नसकेको तथा नेपाल ओलम्पिक कमिटिको निर्वाचनमा समेत सहभागिता रहेको जनाउँदै राखेपले यस अघि अध्यक्ष रहेकी ज्योती राणालाई हटाएको हो ।

तदर्थ समितिको सदस्यमा निरेशबहादुर श्रेष्ठ, दिनेश तुलाधर, विनोद कायश्थ, राजु श्रेष्ठ, अजय विष्ट, जयजिव हाडा, गोपाल ज्ञवाली, गोपाल मानन्धर, गौरी श्रेष्ठ, विष्णुबहादुर थापा, रोविन प्रधान, राजन भट्टराई, गोकुल श्रेष्ठ, गौतमकुमार चौधरी, सुन्दर केसी, कमलबहादुर भट्टराई, नमिता चौधरी, महेश्वर चौधरी, दिनेश श्रेष्ठ, अमृत मानन्धर, मुकुन्द सेन र अशोक गुरुङ रहेका छन् । 

मनोनित सदस्य बिनोद कायस्थ यस अघिको कार्यसमितिमा उपाध्यक्षमा थिए । उनी गण्डकी प्रदेश टेनिस संघको अध्यक्ष समेत हुन् भने अर्का सदस्य विष्णु बहादुर थापा गण्डकी टेनिसका उपाध्यक्ष हुन् ।

समितिले ३ महिना भित्र राष्ट्रिय खेलकुद परिषद्को स्वीकृतिमा साधारण सभा तथा निर्वाचन सम्पन्न गर्नेु पर्ने जिम्मेवारी तदर्थ समितिलाई दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close