एसियाली सिनियर करातेका लागि १२ खेलाडी छनोट

पोखरा स्पोर्टस । एकेएफ एसियाली सिनियर कराते च्याम्पियनसिपको २१ औं संस्करणका लागि १२ खेलाडी छनोट भएका छन् । ७ पुरुष र ५ महिला गरी १२ खेलाडी छनोट भएको प्रशिक्षक कुशल श्रेष्ठले जनाएका हुन् ।

नेपाल कराते महासंघले सातदोबाटोस्थित कराते हलमा आइतबार आयोजना गरेको छनोट प्रतियोगिताबाट खेलाडी छनोट भएका छन् ।

पुरुषको ५५ केजीमुनि साजन मोक्तान, ६० केजीमुनि मिनबहादुर तामाङ, ६७ केजीमुनि सन्तोष श्रेष्ठ, ७५ केजीमुनि शिबु ओड, ८४ केजीमुनि मोहम्मद शेखु आलम, ८४ केजीमाथि तेन्जिङ शेर्पा र एकल कातामा सोनिम मानन्धर छनोट भए ।

महिला एकल कातामा सानुमाया थिङ, ५० केजीमुनि अन्जली महर्जन, ५५ केजीमुनि सविना श्रेष्ठ, ६१ केजीमुनि निरुपमा तामाङ र ६८ केजीमाथि एरिका गुरुङ छानिए ।

छनोट प्रतियोगितामा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताका स्वर्ण विजेता खेलाडीले सहभागिता जनाएको प्रशिक्षक श्रेष्ठले जानकारी गराए । एसियाली कराते उज्वेकिस्तानको तास्केन्टमा मे २३ देखि २५ तारिखसम्म हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close