
पोखरा स्पोर्टस । पोखरामा तेस्रो मञ्जु बहादुर बस्नेत स्मृति यू–१६ विद्यालयस्तरीय छात्र ह्याण्डबल प्रतियोगिता सुरू भएको छ ।
कास्की जिल्ला ह्याण्डबल संघको आयोजना तथा राष्ट्रिय पुरुष ह्याण्डबल टिमका कप्तान विशाल बस्नेतको संयोजनमा उक्त प्रतियोगिता सुरू भएको हो ।
सो प्रतियोगिताको एक कार्यक्रमका बीच हिसान गण्डकी प्रदेशका अध्यक्ष डा.रामजी शर्माले उद्घाटन गरे ।
प्रतियोगितामा गुरूकुल, प्रतिभा, पोखरा एकेडेमी, गण्डकी बोर्डिङ, गोगन मावि, जुनियर सिटिजन एकेडेमीको सहभागिता रहेको कास्की ह्याण्डबल संघका अध्यक्ष चित्र बहादुर थापाले जानकारी दिए ।
प्रतियोगिताको पहिलो दिन दोस्रो चरणका खेलहरु सम्पन्न भएका छन् । भोली सेमीफाइनल र फाइनलका खेलहरु सञ्चालन हुने आयोजकले जनाएको छ ।
प्रतियोगितामा उपाधि बिजेता टिमले नगद रु १५ र उपविजेताले नगद रु १० हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।
