आहा ! रारा पोखरा गोल्डकप : सडेनडेथमा चर्च ब्वाईज भाग्यमानी

पोखरा स्पोर्टस । न्यूरोड टिम (एनआरटी)लाई सडन डेथमा पराजित गर्दै चर्च ब्वाइज युनाइटेड पोखरामा जारी २४ औं सस्करणको आहा रारा पोखरा गोल्डकपको क्वाटरफाइनलमा पुग्ने तेस्रो टिम भएको छ ।

सहारा क्लब पोखराको आयोजना जारी प्रतियोगिताको तेस्रो दिनको खेलमा चर्च ब्वाईजले एनआरटीलाई सडेन डेथमा ६–५ ले पाखा लगाउदै क्वार्टर फाईनल प्रवेश गरेको हो । निर्धारित समयमा १–१ गोलको बराबरी सकिए संगै सडेन डेथमा चर्च ब्वाइज भाग्यमानी बनेको हो । थपिएको समयमा समेत दुबै टिमले बराबरी खेलेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो ।

पोखराको मैदानमा पहिलो पटक भेट भएका दुबै टोली मध्ये एनआरटीले खेलको २५ औं मिनेटमा गोलको खाता खोल्यो । रिचार्ड विल्सनले २५ औं मिनेटमा गोल गर्दै टिमका लागि अग्रता बनाए । यता दोस्रो आफमा चर्च ब्वाईजले पेनाल्टी मार्फत बराबरी गर्दै खेलमा फर्कियो । चर्च ब्वाईजका लागि ६४ औं मिनेटमा नविन लामाले पेनाल्टीमार्फत गोल गर्दै खेललाई बराबरीमा फर्काए ।

पेनाल्टी सुटआउटमा बराबरी भएपछि खेल सडेन डेथमा पुगेको थियो । सडेन डेथमा चर्च ब्वाईजले जित निकाल्दै क्वाटरफाइनल प्रवेश गर्दा एनआरटी भने प्रतियोगिताबाट बाहिरिएको छ । एनआरटीका गोलकिपर विशाल सुनार, अन्जन विष्ट, सुमित श्रेष्ठ, जय गुरुङ र रवि लोप्चनले पेनाल्टीमा गोलगरे पनि रिचार्ड विल्सन, जन्मदेव धामी र मिचेल मगरको प्रहारले गोलको दिशा लिन सकेन ।

यस्तै चर्च ब्वाईजको तर्फबाट गोलकिपर टिकेन्द्रसिंह थापा, अकिन्स बाफोर, प्रशान्त लक्सम, नविन लामा, अबायोमी र मिलन राईको प्रहार गोलमा परिणत हुँदा सकल रेग्मी र राज भुषालको प्रहार खेर गयो । खेलमा चर्च ब्वाईजका गोलकिपर टिकेन्द्रसिंह थापा प्लयेर अफ दि म्याच घोषित भए ।

चौविसौँ संस्करणको आहा रारा पोखरा गोल्डकपमा नेपालका नौ र तीन विदेशी गरी १२ टोलीले सहभागिता जनाएका छन् ।

प्रतियोगिताको विजेताले नगद रु १२ लाख सहित शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्दा उपविजेताले रु छ लाखसहित सिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार पाउनेछन् ।

यसैगरी प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले स्कुटर पुरस्कार प्रदान गरिने छ । प्रतियोगितामा विधागत रूपमा सर्वाधिक गोलकर्ता, उत्कृष्ट डिफेन्डर, गोलरक्षक, मिडफिल्डर, स्टाइकर र प्रशिक्षकले रु २५ हजार नगद सगै ट्रफ्री पुरस्कार पाउँदा फेएर प्लेको रूपमा एक टोलीलाई पुरस्कृत गरिने आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close