पोखरामा सुरू भयो विश्वविद्यालय खेलकुद प्रतियोगिता

पोखरा स्पोर्टस । पोखरामा बुधबारबाट विश्वविद्यालय खेलकुद प्रतियोगिता सुरू भएको छ ।

गण्डकी विश्वविद्यालयको सह–आयोजना तथा विश्वविद्यालय अनुदान आयोगको समन्वयमा सुरू भएको प्रतियोगिताको एक कार्यक्रमका बीच राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिब टंकलाल घिसिङले उद्घाटन गरे । सो अवसरमा उनले खेलकुदलाई तहगत रुपमा विकास गर्ने उद्धेश्यबाट विश्वविद्यालय खेलकुद प्रतियोगिता आयोजना गर्न थालिएको बताए । ।

सहआयोजक गण्डकी विश्वविद्यालयका कुलपति प्रा.डा गणेशमान गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा परिषद्का सदस्य तथा कार्यक्रम संयोजक डा मधुसुदन सुवेदीले समेत आफ्ना भनाई राखेका थिए ।

दुई दिन सन्चालन हुने प्रतियोगितामा काठमाण्डौ, पूर्वान्चल, त्रिभूवन, पोखरा, गण्डकी, लम्विनी, सुदुर पश्चिम, कृषि तथा वन विज्ञान र पूर्वान्चल विश्व विद्यालका टिम सहभागी छन् ।

प्रतियोगिता अन्तर्गत भलिबल, एथलेटिक्स,टेबलटेनिस र व्याडमिन्टनमा गरि १९ स्वर्ण पदका लागि प्रतिष्पर्धा भईरहेको प्रतियोगिताका सचिव तथा राखेप प्रतियोगिता विभाग प्रमुख मिन कुमार शर्माले बताए ।

मुकेश र विनालाई स्वर्ण
सुदूरपश्चिम विश्वविद्यालयका मुकेश विष्ट र त्रिभूवन विश्वविद्यालय (टीयू)की विना थारुले दोश्रो विश्वविद्यालय खेलकुद महोत्सवअन्तर्गत एथलेटिक्सको १ सय मिटर दौडमा बुधबार स्वर्ण जितेका छन् । मुकेश पुरुष तथा विना महिलामा पहिलो भए ।

पोखरा रंगशालामा मुकेशले निर्धारित दूरी ११.२२ सेकेन्डमा पूरा गरे गर्दै पहिलो हुँदा ११.६५ सेकेन्ड समयमा दौढ पुरा गरेका काठमाडौं विश्वविद्यालयका विकासकुमार शाह दोश्रो तथा ११.८४ सेकेन्ड समय लिएका टीयूका प्रकाश जोशी तेश्रो भए ।

पहिलो भएकी विनाले निर्धारित दूरी तय गर्न १४.४० सेकेन्ड समय खर्चिन् । टीयूकी आकृति चौधरी १४.९० सेकेन्डमा दोश्रो तथा पूर्वाञ्चल विश्वविद्यालयकी प्रमिला खड्का १५.०० सेकेन्डमा तेश्रो बने ।

प्रतियोगितामा पुरुष लङजम्पमा मुकेशले थप एक स्वर्ण जितेका छन् । उनले ६.७० मिटर जम्प गरे । सुदूरपश्चिमकै खेमराज जोशी ५.८२ मिटर जम्प गर्दै दोश्रो तथा टीयूका दिवस रेग्मी ५(५३ मिटर जम्प गर्दै तेश्रो भए ।

पहिलो दिन सम्पन्न प्रतियोगिताको पुरुष ४ सय मिटर दौडमा टीयूका सुशिलकुमार बानियाँ पहिलो भए । उनले ५३.९१ सेकेन्डमा निर्धारित दूरी तय गरे । टीयूका दिवस रेग्मी (५५.५६ सेकेन्ड) दोश्रो तथा सुदूरपश्चिमका दीपकराज भाट (५६.२९ सेकेन्ड) तेश्रो स्थानमा रहे ।

सो स्पर्धाको महिलामा मधेश प्रदेश विश्वविद्यालयकी हिमाली शाहीले स्वर्ण जितिन् । हिमालीले निर्धारित दूरी पूरा गर्न १ मिनेट १०.४६ सेकेन्ड समय लगाइन् । टीयूकी राज्यलक्ष्मी रावल (१ मिनेट १०.४८ सेकेन्ड) ले रजत तथा गण्डकीकी कृति गिरी (१ मिनेट १५.३० सेकेन्ड) ले कांस्य हात पारे ।

एथलेटिक्सको पहिलो दिन ५ स्वर्णको टुंगो लाग्दा सुदूरपश्चिम र टीयूले समान २–२ स्वर्ण जितेका छन् । मधेश प्रदेशले १ स्वर्ण जितेको छ । १० स्पर्धा समावेश एथलेटिक्सको बाँकी ५ स्पर्धाको फाइनल बिहीबार हुनेछ ।

टेबलटेनिसमा टी यु लाई २ स्वर्ण
पोखरामा जारी दोस्रो विश्वविद्यालय खेलकुद प्रतियोगिताको टेबलटेनिस प्रतियोगितामा त्रिभुवन विश्वविद्यालयलाई दुई स्वर्ण प्राप्त गरेको छ । महिला तथा पुरुष डबल्समा त्रिभुवन विश्वविद्यालयका टिमले स्वर्ण जितेका हुन ।

महिला डबल्समा सिक्का सुवाल र दिया देउलाको टिमले काठमाण्डौको सुजाता पौडेल स्वस्थी प्रधानको जोडीलाई पराजित गरेको हो । यस्तै पुरुष डबल्समा शिर्दाथ तामाङ र राजोज मान थाकुको टीमले गण्कीको गनन्जय दाहाल र अनुष कुँवरको टिमलाई पराजित गरेको हो । यस्तै महिलामा पोखरा र गण्डकी तथा पुरुषमा काठमाण्डौ र पुर्वान्चल विश्वविद्यालय तृतीय भएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close