
पोखरा स्पोर्टस । मदन भण्डारी गोल्डकप रनिङ शिल्ड इन्डो नेपाल पुरुष भलिबल च्याम्पियनसीप सुरु भएको छ ।
बुटवलको रामनगर खेलमैदानमा सम्पन्न संघर्षपूर्ण उद्घाटन खेलमा विभागिय टोली नेपाल प्रहरी क्लबले ३–१ को सेटले जित निकालेको हो । आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमी विरुद्ध पहिलो सेट २५–२२, दोस्रो सेट २५–२०, तेस्रो सेट ३२–३४ हुँदै चौथो सेट २५–१८ ले नेपाल प्रहरीले जीत निकाल्यो ।
मदन भण्डारी स्पोर्टस एकेडेमीले आयोजना गरेको भलिबल च्याम्पियनसीपमा भोलि बिहीबार तीन खेल हुदैछन् । पहिलो खेल त्रिभुवन आर्मी र भारतीय गुजरात स्टेट भलिबल एशोसिएसन बीच हुनेछ । दोस्रो खेल रुकुमपश्चिम भलीबल प्रशिक्षण केन्द र मणीमुकुन्द भलीबल क्लबबीच हुनेछ भने तेस्रो खेल ससस्त्र प्रहरीबल र गल्कोट भलीबल क्लब बीच हुनेछ ।
भेलि बिहान १० बजेदेखि प्रतियोगिता सुरु हुने छ । नेपाल र भारतका ८ भलीबल टिम सहभागी खेल पुस २४ गतेसम्म संचालन हुनेछ ।
मदन भण्डारी स्पोर्टस एकेडेमीले आफ्नो १६ औं स्थापना दिवसको अवसर पारेर मदन भण्डारी गोल्डकप रनिङ शिल्ड इन्डो नेपाल पुरुष भलिबल प्रतियोगिता सुरु गरेको हो ।
प्रतियोगिताको लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले उद्घाटन गरे । प्रतियोगिता उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले मदनको विचारलाई आत्मसाथ गर्दै स्थापनमा भएको मदन भण्डारी स्पोर्टस एकेडेमीमा खेलाडी र प्रशिक्षक उत्पादन र प्रवर्द्धन गर्न आवश्यक सहयोग गर्न प्रदेश सरकार तम्तयार भएको बताए ।
सस्थापक अध्यक्ष रमेश शिलवाल, भलिबल संघका उपाध्यक्ष भरत शाह, संविधानसभा सदस्य राधाकृष्ण कंडेल, प्रतिनिधी सभा सदस्य बासुदेव घिमिरेले लगायतले बोल्दै मदन भण्डारी स्पोटर्स एकेडेमीले खेलकुदको विकासका लागि गरेका क्रियाकलापमा हातेमालो गर्ने प्रतिवद्धता जनाए ।
उद्घाटन खेलमा मदन भण्डारी गोल्डकप नेपालको पहिलो एथलेटिक्स प्रशिक्षक मधुशमशेर जबरालाई ५१ हजार रुपैयाँ राशीले सम्मान गरिएको छ ।
एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले खेलकुदको विकास र दक्ष खेलाडी निर्माण गर्दै स्थानीयतह देखि प्रदेश हुँदै संघसम्म कमिटी निर्माणगरी विद्यालयदेखि विश्वविद्यालय हुदै ओलम्पीक सम्म पुर्याउने लक्ष्य लिएको बताए ।
