
पोखरा स्पोर्टस । पोखरा अन्तर्राष्ट्रिय ड्रागन बोट आमन्त्रण प्रतियोगिता २०२४ तथा दोस्रो नेपाल–चीन मैत्री ड्रागन बोट रेसमा चिनिया टिमहरूले कब्जा जमाएका छन् । पोखराको फेवातालमा सोमबार सम्पन्न २०० र ५०० मिटर फाइनल रेसमा चिनको डोङग्वान लाओयू क्लब टिमले दोहोरो उपाधि जितेको छ । दोहोरो उपाधि संगै उसले नगद १० हजार डलर हात पारेको छ ।

महोत्सवको रुपमा आयोजित नेपाल–चीन मैत्रीपूर्ण ड्रागन बोट रेस २०२४ सम्पन्न भए संगै कार्यक्रमले नेपाल र छिमेकी चीनबीच सांस्कृतिक तथा जनस्तरको सम्बन्धलाई बलियो बनाउन र नेपालको पर्यटन प्रवर्द्धन गर्न लक्ष्य लिएको थियो । प्रतियोगिताका लागि १ सय २९ जना चिनियाँ टोली सोझै पोखरा आएको थियो ।
डोङग्वान लाओयू क्लबले २०० मिटरको निर्धारित दुरी ००ः४७ः७२० मिली सेकेण्डमा पार गर्दै च्याम्पियन हुँदा ५०० मिटर तर्फ समेत २ मिनेट ०४.४७ सेकेण्डमा दुरी पार गर्दै च्याम्पियन बनेको हो ।
त्यस्तै २०० मिटर तर्फ एक सेकेण्डले पछि रहेको चिनकै युनान मिन्जु युनिभर्सिटी टिम दोस्रो भएको छ । उसले ००ः४८ः२२० मिली सेकेण्डमा दुरी पार गर्न सफल भयो भने चिनकै लिआओचिङ यूनिभर्सिटी टिम ००ः५०ः८३० मिलिसेकेण्डमा दुरी पार गर्दै तेस्रो भएको छ । त्यस्तै सोही स्पर्धामा युनान प्रान्तको नर्मल विश्वविद्यालय ००ः५१ः१६० मिलिसेकेण्डको समयमा चौथो स्थान प्राप्त गरेको छ ।
यस्तै ५०० मिटर ड्रागन बोट रेसमा लिआओ चेङ युनिभर्सिटी छिम दोस्रो बनेको छ । उसले निर्धारित दुरी २ मिनेट ७.३४ सेकेण्डमा वुरा गरेको थियो भने प्रतियोगितामा यूहान युनिभर्सिटी टिम तेस्रो भएको छ । उसले निर्धारित दुरी पार गर्न २ मिनेट ८.४४ सेकेण्डको समय लिएको थियो ।
प्रतियोगितामा पाँच सय सय र दुई सय मिटर विजेता टोलीले ट्रफी, मेडल तथा प्रमाणपत्रसहित नगद ५ हजार अमेरिकी डलर, उपविजेताले. २ हजार डलर र तृतीय भएको टोलीले एक हजार दुई सय अमेरिकी डलर पुरस्कार प्राप्त गरेका छन् भने अन्य सहभागि टिमहरुलाई जनही नगद ५ सय डलर प्रदान गरिएको आयोजकले जनाएको छ ।
प्रतियोगितामा नेपाल, चीन र सिङ्गापुरका २० टोली सहभागी थिए । प्रतियोगितामा चीनको ८, सिङ्गापुरको एक र बाँकी ११ टोली नेपालका विभिन्न प्रदेशबाट सहभागी रहेका थिए । प्रतियोगितामा गण्डकी, बागमती, कर्णाली, त्रिभुवन आर्मी क्लब, ड्रागन बोर्ट गण्डकी, बेगनास टोली, रुपाताल टोली र नेपाल र्याफ्टिङ एजेन्सिज एसोसिएसन (नारा) सहित ११ टोलीको सहभागिता थियो ।
महोत्सवको रुपमा आयोजित नेपाल–चीन मैत्रीपूर्ण ड्रागन बोट रेस २०२४ सम्पन्न भए संगै कार्यक्रमले नेपाल र छिमेकी चीनबीच सांस्कृतिक तथा जनस्तरको सम्बन्धलाई बलियो बनाउन र नेपालको पर्यटन प्रवर्द्धन गर्न लक्ष्य लिएको थियो । प्रतियोगिताका लागि १ सय २९ जना चिनियाँ टोली सोझै पोखरा आएको थियो ।
