अन्जनको धारिलो बलिङमा राइजिङ, कास्की एक दिवसीय क्रिकेटको उपाधि नजिक

पोखरा स्पोर्टस । अन्जन केसीको धारिलो बलिङमा राइजिङ पोखरा क्रिकेट क्लब कास्की एक दिवसीय क्रिकेट च्याम्पियनसिपको उपाधि नजिक पुगेको छ ।

कास्की जिल्ला क्रिकेट संघको आयोजनामा जारी प्रतियोगितामा पहिलो सेमीफाइनल खेलमा राइजिङले प्रतियोगितामा बलियो मानिएको कास्की क्रिकेट क्लब (केसिसी) विरुद्ध ३ बिकेटले जित हात पारेको हो । राइजिङको जितमा नायक बनेका अन्जनले ६ विकेट हात पारे । अन्जनले ८.१ ओभरमा २ मेडनका साथ २० रन दिएर ६ विकेट हात पारे । उनी खेलको म्यान अफ दि म्याच समेत बने ।

खेलमा टस जितेर पारीको सुरुवात गरेको केसिसी ३०.२ ओभरमा सबै विकेट गुमाउँदै १०२ रनमा समेटियो । टिमका महत्वपूर्ण सदस्य अर्जुन कुमालको अनुपस्थितीमा सेमीफाइनलमा उत्रिएको केसिसीले पहिलो विकेट ५५ रनमा गुमाउन पुग्यो । सफल श्रेष्ठ र सचेत कार्कीको पारीलाई राइजिङका बलर अन्जनले तोडे । सचेत आउट हुनु अघि ५३ बलको सामना गर्दै २ चौकाको मद्धतमा ११ रन बनाए ।

सफल र तेस्रो क्रममा आएका आदित्य थापाले २७ रनको पार्टनरसिपमा टिमका लागि ९२ रन जोडे । ९२ रनको स्कोरमा २० बलको सामना गरेका आदित्य १ छक्का र २ चौका प्रहार गर्दै २३ को व्यक्तिगत रनमा आउट भए । केसीसीले पछिल्ला ७ विकेट गुमाउँदा १० रन मात्रै जोड्न सक्यो । 

केसीसीको ९३ रन बनाउँदा ३४ रनको रनको व्यक्तिगत योगदान दिएका सफल श्रेष्ठलाई समिर भुजेलले पेभिलियन फर्काए । खेलमा समिर भुजेलले ९ ओभरको बलिङ स्पेलमा ३ मेडन राख्दै १२ रन दिएर ३ विकेट लिए ।

१०३ रनको जितको लक्ष्य पछ्याएको राइजिङले २४ं.३ ओभरम ७ विकेट गुमाउँदै १०५ रन बनाउँदै पुरा गर्‍यो । राइजिङका लागि ओपनिङ व्याट्स्म्यान अनिल गुरुङले उत्कृष्ट पारी खेले । उनी नट आउट रहँदै ६७ बलमा ६ चौका समेत प्रहार गर्दै ४६ रनको योगदान दिए भने पाँचौ क्रमका पिचमा उत्रिएका विमल विक्रम खत्रीले आक्रमक पारी खेल्दै समान ३ चोका र ३ छक्का प्रहार गर्दै ४७ बलमा ४५ रन बनाए । उनी आदित्य थापाको बलमा एलबिडव्लु धरापमा परे । केसिसीका लागि आदित्यले ७ ओभरमा २४ रन दिएर ३ बिकेट लिए । त्यस्तै विश्वास पराजुली र नितेश गिरीले समान २/२ विकेट हात पारे ।

भोली (आइतबार) दोस्रो तथा अन्तिम सेमीफाइनल खेल अरञ्ज्योती क्रिकेट क्लब र पोखरा क्रिकेट क्लबका बीच हुनेछ । फाइनल खेल सोमबार हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close