
पोखरा स्पोर्टस । वाई वाई यू–१९ पुरुष क्रिकेट छनौटमा स्याङजा ९३ रनले बिजयी भएको छ ।
सुमह ‘बि’को पहिलो खेलमा स्याङजाका किरण भट्टराईले व्यक्तिगत ४९ रन मात्रै जोडेनन् ६ विकेट समेत हात पारे पछि स्याङजा ९३ रनले बिजयी भएको हो । एक रनबाट अर्धशतक बनाउनबाट चुकेका किरणले स्याङजाका लागि सम्मानजनक स्कोर १६० रन बनाउन सहयोग गरे । खेलको म्यान अफ दि म्याच समेत रहेका किरणले आश्विन थापाको बलमा आउट हुनु अघि टिमको धर्मराएको पारी सम्हाल्दै ६४ बलमा ७ चौका प्रहार गरे ।
यता जवाफी बलिङमा समेत किरणले क्रिजमा धमाल नै मच्चाए । उनले ७ ओभरमा १४ रन दिएर ६ विकेट लिए । उनले बाग्लुङका चार जना खेलाडीलाई सुन्य रनमा नै पेभिलियन फर्काए । बाग्लुङका लागि सर्वाधिक रन जोडेका चन्द्र दिप यादवलाई व्यक्तिगत २३ रनमा आफ्नै हातबाट क्याच आउट गर्दा ४ रन बनाएका आर्य प्रशिद्ध नेपाललाई बोल्ड गरे ।
यस अघि टस हारेर पारीको सुरुवात गरेको स्याङजा ४२.१ ओभरमा १६० रन बनाएको थियो । स्याङजाको स्कोरमा २२ रन अतिरिक्त रन पाएको थियो । स्याङजाका लागि ओपनर करण पगेनीले ४१ बलमा एक छक्का र ४ चौका प्रहार गर्दै ३० रन जोडे तर अर्का ओपनर अनिष ताम्राकार ९ रन मात्रै बनाए ।
स्याङजाका लागि विपिन राज न्यौपानेले २१ रन लक्ष्मण प्रसाद डुम्रे नटआउट रहँदै ११ रनको योगदान दिए । स्याङजाको मध्यक्रमको पारीलाई धराशायी बनाउन महत्वपूर्ण भूमिका खेलेका बाग्लुङका बलर आश्विन थापाले १० ओभरमा ३९ रन दिएर ४ विकेट हात पारे । त्यस्तै रुपेश थापा, पुश्कल रिजाल र दिपेश कुंवरले समान २–२ विकेट लिए ।
यता जवाफी व्याटिङमा उत्रिएको बाग्लुङ भने सबै विकेट गुमाउँदै २०.५ ओभरमा ६७ रनमा समेटियो ।
समुह बि अन्तर्गत शुक्रबारको खेल बाग्लुङ र नवलपुरका बिच हुनेछ ।
