
पोखरा स्पोर्टस । एभरेष्ट महिला भलिबल लिगको ट्रफीको आइतबार काठमाण्डौमा अनावरण गरिएको छ ।
प्रतियोगिता सुरु हुन बाँकी हुँदा आयोजकले एक कार्यक्रम गरी ट्रफी अनावरण गरेको हो । सार्वजनिक भए संगै उक्त ट्रफीलाई सातै प्रदेशमा टुर गराउने तयारी आयोजकले गरेको छ ।
उक्त ट्रफी १७ सेप्टेम्बरमा कर्णालीमा, २० सेप्टेम्बरमा मधेश, २३ सेप्टेम्बरमा चितवन, २५ सेप्टेम्बरमा गण्डकीमा (असौज ९), २७ सेप्टेम्बरमा ललितपुरमा र २८ सेप्टेम्बरमा काठमाडौं टुर गराइने कार्यक्रम तय भएको छ ।
ट्रफीको अनावरणले खेलाडी र दर्शकहरुमा थप उत्साह थपिने आयोजकले जनाएको छ ।
एभरेष्ट भलिबल लिगमा ६ फ्रेन्चाइजी टिमहरुको सहभागिता रहनेछ । लिगमा सहभागी हुने फ्रेन्चाइजहरूमा टिम काठमाडौं, टिम ललितपुर, टिम मधेश, टिम गण्डकी, टिम चितवन र टिम कर्णाली छन् ।
यस्तो छ ट्रफीको डिजाइन
यो ट्रफी भलिबल खेलको सुरुवातको क्षण, जब सर्भ हुन्छ, त्यसलाई प्रेरित गरेर बनाइएको छ। यसले खेलको सारलाई समेटेको छ। ट्रफीको डिजाइन एउटा हात र हातको मुठीले बललाई प्रहार गर्ने अमूर्त संरचनामा गरिएको छ, जुन सुन्दर ढंगले राखिएको छ। २ हजार चम्किला स्वारोवस्की क्रिस्टलहरूले यसमा गति र चमक थपेको छ, जसमा गुलाबी रङका क्रिस्टलहरूले महिलाहरूको भलिबलको शक्ति र सौन्दर्यलाई जनाउँदछ ।यो ट्रफी २२ इन्च अग्लो र ७ किलोग्राम तौलको छ, जुन जर्मनीका कुशल हस्तकलाकर्मीहरूले बनाएका हुन्। यसको मध्य भागमा राखिएको भलिबल उच्च गुणस्तरको निकल(प्लेटेड पित्तलबाट बनाइएको छ । जुन रिपुस्से नामक परम्परागत प्रविधि प्रयोग गरेर यसको डिजाइनको सूक्ष्मताहरूलाई हाइलाइट गरिएको छ। स्वारोवस्की क्रिस्टलहरूको समावेशले यसलाई थप माथी उठाएको छ, जसले प्रतियोगिताको महत्त्वलाई अझ जोड दिएको छ।
यस उत्कृष्ट सिर्जनाका डिजाइनर विश्व(स्तरीय ट्रफीहरू र पुरस्कारहरू निर्माण गर्नका लागि प्रसिद्ध छन् । जसमा क्ष्ऋऋ पुरस्कारहरू पनि समावेश छन्। स्वारोवस्की र क्रिस्टिजसँगको डिजाइनरको नजिकको सम्बन्धले पनि एक उत्कृष्ट ट्रफीको निर्माण गरेको छ । जसले प्रतियोगिताको भावना र खेलकुदमा महिलाहरूको शक्तिलाई प्रतिनिधित्व गर्दछ।
