ऐतिहासिक ओलम्पिक काश्य पदक विजेता पलेशालाई पोखरामा सम्मान गरिने

पोखरा स्पोर्टस । नेपाली खेलकुद इतिहासमा पहिलो पटक ओलम्पिकमा पदक जित्न सफल तेक्वान्दो खेलाडी पलेशा गोवर्द्धनलाई पोखरामा सम्मान गरिने भएको छ ।

उनलाई आइतबार पोखरामा एक भव्य कार्यक्रमका बीच सम्मान गर्न लागिएको गण्डकी प्रदेश तेक्वान्दो संघका अध्यक्ष जगन गुरुङले जानकारी दिएका हुन् । उनले सम्मान बारे जानकारी दिंदै भने–“ऐतिहासिक पदक विजेता पलेशालाई हामीले सम्मान गर्ने कार्यक्रम तय गरेका छौं । उनको सम्मानका लागि म पोखरेली खेलप्रेमी र संघ संस्थाहरुलाई आग्रह गर्दछु ।”

पोखरा रंगशालामा हुने कार्यक्रममा पलेशालाई गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश सरकारका तर्फबाट सम्मान गर्ने कार्यक्रम तय भएको छ ।

सम्मान कार्यक्रमको संयोजन गण्डकी प्रदेश तेक्वान्दो संघले गरेको छ भने कास्की जिल्ला तेक्वान्दो संघको सहयोगमा गर्न लागिएको अध्यक्ष गुरुङले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close