
पोखरा स्पोर्टस । मित्र राष्ट्र भुटानको थिम्पुमा भएको ८ ओै साउथ एशियन कराते प्रतियोगितामा नेपाल ३१ स्वर्ण २० रजत र ११ कास्य सहित कुल ६२ पदक सहित टिम च्याम्पियन भएको छ ।

त्यसैगरि भारत २७ स्वर्ण २० रजत र १३ कास्य सहित टिम दोश्रो, श्रीलंका ५ स्वर्ण १८ रजत र ३१ कास्य सहित टिम तेश्रो,आयोजक भुटान ले ५ रजत र ३७ कास्य पदक सहित चौथो स्थान भएको छ ।
प्रतियोगिताको अन्तिम दिन नेपाल लाई स्वर्ण दिलाउन सफल खेलाडीहरुमा पुरुष क्याडेट तर्फ –५२ किलोमा समन श्रेष्ठ,–६३ किलोमा साहिल राई,जुनियर तर्फ –६८ किलोमा निशान तामाङ्ग, त्यसैगरि यु–२१,–८४ किलोमा गौरव नेपाल, +८४ किलोमा आशिष श्रेष्ठ,पुरुष कै सिनियर तर्फ –५५ किलोमा एलोन श्रेष्ठ,–६७ किलोमा सन्तोष श्रेष्ठ, ,–८४ किलोमा मोहम्मद सेखु आलम र +८४ किलोमा विप्लब लाल श्रेष्ठले नेपाललाई स्वर्ण दिलाए ।
क्याडेटको महिला तर्फ –४२ किलोमा वर्षा राई,–४७ किलोमा प्रोसिया चौधरी, –६१ किलोमा मनिषा कुमारी बोहरा, महिला तर्फकै जुनियर –४२ किलोमा सुस्मिता वाईवा,–५३ किलोमा समिक्षा ढुङ्गाना,यु–२१ को –४५ किलोमा प्रियन्का शाही,–५० किलोमा अन्जली महर्जन, र –५५ किलोमा जिया कार्कीले स्वर्ण दिलाए ।
त्यसैगरि महिला सिनियर तर्फ –४५ किलोमा वर्षा बुढा मगर,–६१ किलोमा निरुपा तामाङग र +६८ किलोमा १९ ओै एशियाडकी रजत पदक बिजेता एरिका गुरुङ्ग ले नेपाल लाई स्वर्ण पदम दिलाईन ।
त्यसैगरि महिला तर्फकै टिम कुमितेमा नेपालले पहिलो स्थान हाशिल गर्न सफल भए भने पुरुषतर्फको टिम कुमितेमा दोश्रो स्थानमा चित्त बुझाए ।
बिजेता खेलाडी तथा टिमलाई समापन समारोहका प्रमुख अतिथि भुटानका राजकुमार जिगेल उग्येन वाङचुक, नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्र राज श्रेष्ठ, दक्षिण एशियाली कराते महासंघका अध्यक्ष भरत शर्मा, नेपाल कराते महासंघका अध्यक्ष युवराज लामा, भुटान कराते महासंघका अध्यक्ष दावा ल्हाम, नेपाल कराते महासंघका महासचिव दावा गुरुङ्ग लगायतले पुरस्कार वितरण गरे ।
