नेसनल चेस च्याम्पियनसिप : राजन र सिन्दिरा नेपाल च्याम्पियन

पोखरा स्पोर्टस । झापाका राजन सुवेदी नेसनल चेस च्याम्पियनसिपमा नयाँ च्याम्पियन बनेका छन् । उनले अन्तिम तथा ११औं चरणमा बिहीबार प्रेमकृष्ण महर्जनलाई पराजित गर्दै ८ अंक सहित उपाधि जितेका हुन् ।

देशका उत्कृष्ट १२ खेलाडी सहभागी नेसनल चेस च्याम्पियनसिप २०२४ को राउन्ड रोबिन लिगको अन्तिम खेलमा जित हात पार्दै सर्वाधिक आठ अंक बनाएर राजन च्याम्पियन भएका हुन् १९२३ रेटिङका प्रेमकृष्णविरुद्ध पूरा एक अंक हात पारे । उनले सात जित, दुई बराबरी र दुई हारको नतिजा निकाल्दै आठ अंक बनाएका हुन् ।

३५ वर्षीय राजनले नयाँ विजेता बनेसँगै सेप्टेम्बरमा हंगेरीमा हुने ४५औं चेस ओलम्पियाडको लागि नेपाली टिममा स्थान सुरक्षित गरेका छन् ।

त्यसैगरि झापा कै श्रुसुरत दाहल र पुर्व नेपाल च्याम्पियन क्षितिज भण्डारी दोस्रो र तेस्रो स्थानमा रहेर ओलम्पियादको यात्रा तय गरे ।

समान साढे ७ अंक भए पनि क्षितिज टाइब्रेकरमा श्रुसुरतसंग पछाडि परेका थिए । श्रुसुरतले फाइनल चरणको खेलमा पुरुषोत्तम सिलवालाई पराजित गरे भने क्षितिजले दोलखाका राजिव कार्कीलाई हराएका थिए ।

नेसनल च्याम्पियनसिपबाट शीर्ष तीन पुरुष र उत्कृष्ट चार महिला खेलाडी ओलम्पियाडको लागि छनोट भएका हुन ।

महिलातर्फ अन्तिम चरणको खेलमा कृतिसारा अधिकारीसंग पराजित भएता पनि ९ अंक सहित दोस्रोपटक नेपाल च्याम्पियन हुन सफल भइन ।

सिन्दिरले ११ औं चरणसम्मको खेलमा आठ खेलमा सफलता हात पारे भने दुई खेलमा हार ब्यहोरेका थिए ।

झापाका कृतिसारा अधिकारी उप विजेता र कास्कीका पूजा भण्डारी तेस्रो भइन । शान्ति धिमाल चौथो स्थानमा रहेर ओलम्पियादको लागि स्थान बनाउन सफल भइन् ।
 
लुम्बिनी इभेन्ट मेनेजमेन्टका प्रबन्धक निर्देशक सुबोधराज शेर्पाली सभापतित्वमा भएको र समापन तथा पुरस्कार वितरण समारोह नेपाल बुद्धिचाल महासंघका अध्यक्ष हेराकाजी महर्जनले पुरस्कृत गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close