
पोखरा स्पोर्टस । नेपाल सेपाकताक्रो विश्व कपमा सहभागी हुने भएको छ ।
मलेसियाको क्वालालम्पुरमा मे १८ देखि २६ तारिखसम्म हुने प्रतियोगितामा नेपाली पुरुष टिम सहभागी हुन लागेको हो । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले मंगलबार एक कार्यक्रमबीच बिदाइ गरे ।
विश्वकपमा सहभागि हुने खेलाडीहरुमा रोशन तामाङ, दीपेशजंग थापा, उमेशबहादुर महतो, अनिल जर्घा मगर, विजय महतो विजय र पदम खाडा मगर रहेका छन् । विजय र पदम गण्डकी प्रदेशका खेलाडी हुन् ।
त्यसै गरी टिम व्यवस्थापकमा नेत्रप्रसाद गुरुङ, प्रशिक्षकमा श्यामबहादुर श्रेष्ठ र इन्टरनेसनल टेक्निकल अफिसियलमा नेसिर मास्के छन् ।
टोली बिहीबार मलेसिया प्रस्थान गर्ने छ ।
