
पोखरा स्पोर्टस् । पोखरा महानगरपालिका हाप्किडो संघको अध्यक्ष ओम बहादुर थापा सर्वसम्मत निर्वाचित भएका छन् ।
पोखरा महानगर खेलकुद विकास ऐन २०७५ अनुसार दोस्रो संसोधन अनुसार सम्पन्न संघको प्रथम अधिबेशनले थापालाई सर्वसम्मत निर्वाचित गरेको हो ।
यसै गरी संघको उपाध्यक्षमा सिम्रन पुन, सचिवमा बिना पुन, कोषाध्यक्षमा दिपक गुरुङ सर्वसम्मत निर्वाचित भए ।
संघको कार्यसमिति सदस्यमा विवेक गुरुङ, दिपक शर्मा भण्डारी र जंग बहादुर खत्री रहेका छन् ।
यस अघि उक्त अधिवेशनको उद्घाटन पोखरा महानगर खेलकुद विकास समितिका सदस्य सचिव सुवास खड्काले गरेका थिए । उनले सो अवसरमा पोखरा महानगर खेलकुद ऐन अन्तर्गत हाप्किडो संघले आफ्नो अधिवेशन सम्पन्न गरेकोमा खुसी व्यक्त गर्दै निर्वाचित कार्यसमितिको सफलताको शुभकामना व्यक्त गरेका थिए ।
पोखरा महानगर खेलकुद विकास समिति अन्तर्गत रहेका खेलसंघहरु मध्ये भलिबल संघ र हाप्किडो संघले मात्रै प्रथम अधिवेशन सम्पन्न गरेका छन् ।
