काली गण्डकीमा दोश्रो दिन र्‍याफटिङका दुई स्पर्धा सम्पन्न (फोटो फिचर)

पोखरा स्पोर्टस । गण्डकी प्रदेशलाई सहाशीक खेलकुदको गन्तब्य बनाउने उद्धेश्यका साथ पहिलो पटक पर्वत र बागलुङको संगम मालढुङ्गास्थित काली गण्डकीमा नेशनल र्‍याफटिङ च्याम्पियनसिप प्रतियोगिता अन्तर्गतका विभिन्न स्पर्धा दोश्रो दिन पनि जारी रहेका छन् । प्रतियोगिताको अन्तर्गत दोश्रो दिन मेन्स स्प्रिन्ट टिम इभेन्ट र मेन्स स्प्रिन्ट हेड टु हेड गरी दुई वटा इभेन्ट सम्पन्न भएको परिषदका सदस्य एवं सहाशीक खेलकुदका संयोजक बसन्तराज दवाडीले जानकारी दिएका हुन् ।

प्रतियोगितामा मेन्स स्प्रिन्ट टिम इभेन्टमा प्याडल नेपाल ‘ए’ टिमले जित हासिल गरेको छ भने गण्डकी प्रदेश टिम दोश्रो भएको छ । त्यसै गरी सोही इभेन्टमा भोटे कोशी ‘बी’ समुह तेश्रो भएको छ ।  मेन्स स्प्रिन्ट हेड टु हेड प्रतियोगितामा प्याडल नेपाल ‘ए’ टिमले नै जित हासिल गरेको छ । त्यसै गरी भोटेकोशी ‘बी’ले दोश्रो स्थान हासिल गर्दा प्याडल नेपाल ‘बी’ ले तेश्रो स्थान प्राप्त गरेको प्रतियोगिता प्राविधिक समितिका संयोजक एवं नेपाल र्‍याफटिङ संघका मुख्य प्रशिक्षक नीम बहादुर थापा मगरले बताए ।

प्रतियोगितामा पहिलो, दोश्रो र तेश्रो हुने टिमहरुले नगद, मेडल तथा प्रमाणपत्र प्रदान गरिने छ । प्रतियोगितामा पहिलो, दोश्रो र तेश्रो हुने टिमहरुलाई नगद रु १५ हजार, १० हजार र ५ हजार प्राप्त गर्ने परिषदका कार्यालय प्रमुख तोपलाल भुसालले जानकारी दिए ।

उक्त प्रतियोगिता अन्तर्गत भोली (मंगलबार) डाउन रिभर रेस र र्‍याफटिङतर्फको सालोलम हुने छ । भोली सम्पन्न हुने प्रतियोगितामा बिजेता खेलाडीहरुलाई नगद सहित मेडल तथा प्रमाणपत्र वितरण गरिने परिषदका लेखा प्रमुख निलकण्ठ ढकालले जानकारी दिए ।

र्‍याफटिङतर्फ १२ टिम र कायाक सालोलुम कानुको प्रतिस्पर्धामा ५० भन्दा बढि खेलाडीको सहभागिता रहेको प्राविधिक संयोजक मगरले बताए । प्रतियोगितामा सात प्रदेश, विभागिय टिम र अन्य क्लबहरुको समेत सहभागिता रहेको छ । सोही प्रतियोगिताबाट अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागि हुने खेलाडीहरुको समेत छनौट हुने मगरले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close