स्वर्गीय आरोही बाबुछिरी शेर्पा स्मृतिमा आरोहण खेल प्रतियोगिता हुने

पोखरा स्पोर्टस । नेपाल आरोहण खेल संघ र अमेरिकाको न्युयोर्क राज्यमा दर्ता भएको अल्पाइन खेल संघले संयुक्त रूपमा विश्व प्रसिद्ध आरोही स्वर्गीय बाबु छिरी शेर्पाको स्मृतिमा लिड क्लाईम्बिङ आरोहण खेल प्रतियोगिता २०२४ को आयोजना काठमाडौंमा गर्न दई संघ बीच सम्झौता भएको छ ।

विश्व प्रसिद्ध आरोही स्वर्गीय बाबु छिरी शेर्पाको स्मृति आरोहण खेल प्रतियोगिता २०२४ यही चैत्र २ र ३ गते (मार्च १४–१५, २०२४) काठमाडौंको वौद्ध स्थीत क्रिमपान्जी एड्भान्च्यूर हवमा आयोजना गर्न नेपाल आरोहण खेल संघका तर्फवाट महासचिव सन्तोष मादेन र अल्पाइन खेल संघ, न्यूयोर्क अमेरीका तर्फवाट अध्यक्ष नवाङ निमा शेर्पाले एक सम्झौता गरेका हुन ।

उक्त खेल प्रतियोगिताको दुई संघहरु नेपाल आरोहण खेल संघ र अल्पाइन खेल संघ आयोजक र क्रिमपान्जी एड्भान्च्यूर हव सहआयोजक रहने नेपाल आरोहण खेल संघका सचिब सुजित कंडेलले जानकारी गराए ।

आरोहण खेल प्रतियोगितालाई व्यवस्थित गर्न दुई संघ बीच आवश्यक सर्त सहित प्रतियोगितालाई अन्तराष्ट्रिय आरोहण खेल महासंघको नियम र पद्धती अनुसार गरीने विषयहरु सम्झौतापत्रमा रहको नेपाल आरोहण खेल संघका महासचिव सन्तोष मादेनले जानकारी दिए ।

नेपालको पर्यटन सँगै खेलकुदलाई जोड्न विदेशी भूमीमा रहेर पनि सक्रिय रहेको अल्पाइन खेल संघका अध्यक्ष नवाङ निमा शेर्पाले विश्व प्रसिद्ध आरोहीहरुको स्मृतीमा खेल प्रतियोगिता आयोजना गरी खेल क्षेत्रवाट पनि सम्झन सकिने साथै आरोहीहरुको सम्मान हुने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close