केल्मी द्वारा शीतकालीन ओलम्पिक नेपाली युथ टिमलाई सहयोग

पोखरा स्पोर्टस । दक्षिण कोरियाको गाङवनमा हुने चौथो शीतकालीन ओलम्पिक युथमा सहभागी हुने नेपाली टिमलाई केल्मीले बुधबार खेल पोशाकको प्रायोजन गरेको छ ।

केल्मीको आधिकारिक विक्रेता कामरु ट्रेडिङ प्रालिका कार्यकारी निर्देशक उत्तम न्यौपानेले बुधबार आयाजित एक कार्यक्रबीच नेपाल ओलम्पिक कमिटी तथा नेपाल स्की संघका अध्यक्ष जीवनराम श्रेष्ठलाई खेल पोशाक हस्तान्तरण गरेका छन् ।

कार्यकारी निर्देशक न्यौपानेले शितकालिन ओलम्पिकमा केल्मीले प्रायोजन गर्न पाउँदा गौरव लागेको बताउँदै केल्मी संधै नेपाली राष्ट्रिय खेलाडीहरुको साथमा रहेको बताएका छन् ।

शीतकालीन युथ ओलम्पिकमा नेपालको यो तेस्रो सहभागिता हो । शिलकालिन ओलम्पिक अन्तर्गत यू–१९ स्तरमा प्रतिस्पर्धा हुने गर्छ । यसपटक प्रतियोगिता जनवरी १९ देखि फेब्रवरी १ सम्म आयोजना हुनेछ ।

शितकालिन ओलम्पिकमा नेपालका तर्फबाट पुरुषमा छोवाङ मिन्गुर तामाङ र महिलामा लक्ष्मी राईले सहभागिता जनाउने छन् । उनीहरू दुवैले स्लालम र जायन्ट स्लालममा आफ्नो चुनौती पेश गर्नेछन् ।

टिमको प्रशिक्षकमा सफलराम श्रेष्ठ र व्यवस्थापकमा रमा भट्टराई रहेका छन् । नेपाली टिम बिहीबार नै गाङवन प्रस्थान गर्दैछ ।

प्रतियोगिता अगाडि ‘ड्रिम फ्रोजेक्ट’ कार्यक्रम अन्तर्गत १५ दिनको विशेष कार्यक्रम समेत् सञ्चालन हुनेछ ।

सो अवसरमा नेपाल ओलम्पिक कमिटिका अध्यक्ष श्रेष्ठले खेल पोशाक प्रायोजकका लागि धन्यवाद व्यक्त गर्दै प्रतियोगितमा नेपालको सफल प्रदर्शनका लागि शुभकामना पनि व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close