यु–२१ राष्ट्रिय खो खो प्रतियोगिता चैतमा हुने

पोखरा स्पोर्टस । नेपाल खो खो संघको आयोजनामा यु–२१ पुरुष तथा महिला राष्ट्रिय खो खो प्रतियोगिता चैतको दोश्रो साता हुने भएको छ ।

प्रतियोगिता सुदूरपश्चिम प्रदेशको धनगढीमा हुने भएको हो । उमेरसमूहको प्रतियोगिता पहिलोपटक आयोजना गर्न लागेको आयोजक संघका अध्यक्ष प्रदिप महर्जनले जनाएका छन् ।

प्रतियोगिता सञ्चालन गर्न करिब २० लाख रुपैयाँ खर्च हुने खो खो संघका कोषाध्यक्ष कृष्ण पनेरुले जानकारी गराएका छन् ।

संघका महासचिव शंकर महर्जनले उमेरसमूहको प्रतियोगिताले युवालाई खो खो खेल्न आकर्षित गर्नुका साथै खेलाडी उत्पादनमा पनि टेवा पुग्ने विश्वास व्यक्त गरे ।

फायल तस्विर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close