
पोखरा स्पोर्टस । खेलकुद विमालेख सम्बन्धी नितिगत प्रक्रिया पूरा भए संगै नेपाली खेलकुद क्षेत्रका लागि नयाँ अध्याय सूरु भएको राष्ट्रिय खेलकुद परिषद (राखेप)ले जनाएको छ । नेपाली खेल संघहरुको संस्थागत विकास सुरु भएको करिव ७६ बर्ष पछि खेलकुद बीमा सम्वन्धि नीतिगत व्यवस्था पारित भएको हो ।
राखेपले प्रतिवद्धता पुरा भएकोमा खुसी व्यक्त गर्दै जारी विज्ञप्तीमा भनिएको छ–“सदस्य–सचिव टंकलाल घिसिङले २०७८ मंसिर १४ गते सदस्य–सचिवको पदभार ग्रहण गर्ने क्रममा खेलकुद बीमालेख कार्यान्वय गर्ने घोषणा गर्नु भएको थियो । सदस्य सचिवको घोषणा कार्यान्वयनमा आएको छ । नेपाल बीमा प्राधिकरणले खेलकुद बीमालेख जारी गरेको छ ।”
खेल्ने क्रममा हुने चोटपटक देखि ठूला दुर्घटना समेतको जोखिम न्यूनीकरणका लागि बीमा सम्वन्धि नीति आवश्यक हुन्छ । खेलाडी तथा खेलकर्मीहरुको पूर्णरुपमा सुरक्षा गर्ने उद्धेश्यका साथ खेलकुद बीमालेख जारी भएको हो ।
“बीमालेखले खेलाडीहरुमा आत्माविश्वासका साथ खेल्न सक्ने वातावरण बढाउने छ” विज्ञप्तीमा भनिएको छ–“पछिल्लो समय केही ठूला प्रयतियोगिताहरुमा खेलाडीहरुको बीमा गर्न सुरु भएतापनि बीमालेख सम्वन्धि स्पस्ट नीतिको अभाव थियो अब त्यो पुरा भएको छ ।”
अब बीमालेख जारी भए पछि सबै प्रकारका प्रतियोगिताहरुमा खेलाडी दुर्घटना बीमालाई अनिवार्य बनाई खेलाडीहरुलाई आत्मा विश्वासका साथ खेल्ने वातावरण बनाउनु पर्ने जारी विज्ञप्तीमा भनिएको छ ।
बीमा लोखको विशेषतामा परेका खेलहरु
१) खेलहरुको वर्गीकरण
क) न्यून जोखिम–टेबलटेनिस, सफ्ट टेनिस, टेनिस, सुटिङ, गल्फ, बडीविल्डिङ, स्क्वास
ख) सामान्य जोखिम –व्याडमिन्टन, क्रिकेट, हक्की, भलिबल, एथलेटिक्स, फेन्सिङ, जुडो, जिम्न्याष्टिक, ह्याण्डबल, बास्केटबल, पौडी, सेपाकताक्रो, भारोत्तोलोन, ट्रायथलन, कबड्डी, खोखो, रिङ रेस्लिङ, कराते, तेक्वान्दो, उसु, बक्सिङ, फुलकन्ट्याक्ट कराते, कुस्ती, साईक्लिङ,
ग) जोखिमयुक्त – मोटर तथा मोटरसाईक्लिङ स्पोर्टस, राफ्टिङ एण्ड क्यानोईङ, क्वालाईम्विङ, पेन्टाथोलन, बन्जी जम्पिङ तथा क्यानोनिङ, मुवाँथाई, माउण्टेन रनिङ, आईस हक्की एण्ड अल्पाईन स्पोर्टस वाटर स्पोर्टस, रग्वी, प्याराग्लाइडिङ र फुटबल
२) दुर्घटनाका कारण तत्काल वा १८३ दिन भित्र मृत्य भएमा क्षतिपूर्तिको व्यवस्था
३) पार्थिव शरिर व्यवस्थापन खर्च
४) काजकिरिया खर्च
५) स्थाई पूर्ण असक्तताक सम्वन्धि व्यवस्था
६) बीमालेखको अवधि
७) बीमा शुल्क दर
https://nia.gov.np/wp-content/uploads/2023/12/khelkud-Insurance-Policy.pdf
