
पोखरा स्पोर्टस । गण्डकी प्रदेश आईटिएफ तेक्वान्दो संघको आयोजनामा ‘प्रथम ढोरपाटन हाई अल्टिच्यूड आइटिएफ तेक्वान्दो सेमिनार–२०२३’ सुरु भएको छ ।
शुक्रबारबाट सुरु भएको सेमिनारको संघिय सांसद तथा प्रभु ग्रुपका अध्यक्ष देवीप्रकाश भट्टचनले उद्घाटन गरे । कार्यक्रमको उद्घाटन गर्दै उनले सेमिनारले खेलाडीहरुमा खेल क्षेत्रमा लाग्न हौसला प्राप्त हुने विश्वास व्यक्त गरे । उनले भने, ‘बाग्लुङको पर्यटकिय तथा ऐतिहासिक स्थल ढोरपाटनमा कार्यक्रम आयोजना गरेकोमा धन्यवाद छ । यसले खेलाडीको मानसिक, शारिरीक तथा स्वास्थ्यका हिसावले सकरात्मक परिणाम ल्याउँछ ।’ उनले यसलाई आगामी दिनमापनि निरन्तरता दिन आग्रह गरे ।
कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य जीत शेरचनले हाई अल्टीच्यूड तेक्वान्दो सेमिनारले खेलाडीहरुमा गुणात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरे ।
गण्डकी प्रदेश आईटिएफ टेक्वान्दो संघका अध्यक्ष नेपाल तेक्वान्दो महासंघका केन्द्रिय महासचिव घमबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा ढोरपाटन नगरपालिकाका कार्यवहाक प्रमुख धनबहादुर कायत, नेपाल तेक्वान्दो महासंघका वरिष्ट उपाध्यक्ष बासुदेव भट्ट, गण्डकी प्रदेश आईटिएफ तेक्वान्दो संघका सदस्य विशाल बुढा लगायतले बोलेका थिए ।
शनिबारसम्म सञ्चालन हुने सेमिनारमा मार्सल आर्टस्का पवर ब्रेकिङ, डेमोस्ट्रेसन, सेल्फ डिफेन्स, प्याट्रन्स, स्पेशियल टेक्निनिक विभिन्न विद्याहरुमा सहजीकरण गरिने संघका सचिव विशाल बुढा मगरले जानकारी दिए ।
विभिन्न जिल्ला र प्रदेश बाट करिब ४०० खेलाडी को सहभागिता रहेको सेमिनारमा गण्डकी प्रदेश आईटिएफ तेक्वान्दोका प्रमुख प्रशिक्षक फारम बहादुर महत र नेपाल आईटिएफ तेक्वान्दो महासंघका केन्द्रिय सदस्य तथा रेफ्रि सह–संयोजक आकाशचन्द्र घर्तीमगरले सहजीकरण गर्ने आयोजकले जनाएको छ ।
