पौडीबाज गौरिका र नासिरले बनाए नयाँ किर्तिमान

पोखरा स्पोर्टस । नेपाली पौडीबाज गौरिका सिंह र नासिर याह्या हुसेनले नयाँ किर्तिमान स्थापित गरेका छन् ।

जापानको फुकुओकामा आयोजना भएको २० औं संस्करणको वर्ल्ड एक्वाटिक च्याम्पियनसिप २०२३ मा दुबैले आफ्नो नाममा अर्को नयाँ राष्ट्रिय किर्तिमान राखेको नेपाल पौडी संघका अध्यक्ष अशोक बज्राचार्यले जनाएका हुन् ।

सोमबार भएको २०० मिटर फ्रिस्टायलमा नासिरले १ मिनट ५७.२६ सेकेन्ड समयका साथ आफ्नो नाममा थप नयाँ राष्ट्रिय किर्तिमान बनाएका हुन् । यस अघि नासिरको नाममा १ मिनट ५८.२३ सेकेन्डको राष्ट्रिय किर्तिमान रहेको थियो । नासिरले उक्त किर्तिमान ११ औं एनएसए कप च्याम्पियनसिपमा राखेका थिए ।

नासिरले हिजो भएको ४०० मिटर फ्रिस्टायलमा पनि ४ मिनट ८.२३ सेकेन्ड समयको नयाँ राष्ट्रिय किर्तिमान कायम गरेका थिए ।

यस्तै महिला तर्फको खेलमा दक्षिण एसियाली खेलकुदकी ४ स्वर्ण पदकधारी गौरिकाले पनि उपलब्धी हासिल गरिन् । उनले १०० मिटर ब्याक स्ट्रोकमा १ मिनट ६.८० सेकेन्ड समयमा दुरी पुरा गरिन् ।

अध्यक्ष बज्राचार्यका अनुसार गौरिकाको यस अघिको समय १ मिनट ७.३१ सेकेन्ड समयको रेकर्ड रहेको थियो । उनले उक्त रेकर्ड गोहाटीमा आयोजना भएको १२ औं दक्षिण एशियाली खेलकुदमा कायम गरेकी थिईन् ।

भोली ९ गते डुवाना लामाले २०० मिटर फ्रिस्टायलमा प्रतिस्पर्धा गर्ने टोली ब्यवस्थापक नरेश बैद्यले जानकारी गराएका छन् ।

बिश्व पौडी महासंघले आफ्नो नाम फिनालाई परिवर्तन गर्दै वर्ल्ड एक्वाटिक्सको नामाकरण गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close